यौनिक तथा लैंगिक अल्पसंख्यकलाई राहत वितरण

यौनिक तथा लैंगिक अल्पसंख्यकलाई राहत वितरण

616
SHARES

रुपन्देही (पहिचान) बैशाख १७ — प्रदेश ५ का प्रदेश सभा सदस्य सन्तोष पाण्डेले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका व्यक्तिलाई राहत सामग्री प्रदान गरेका छन् । प्रदेश सभा सदस्य पाण्डेले अति विपन्न परिवार लगायत १० जना यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय (समलिंगी तेस्रोलिंगी) लाई राहत सामग्री प्रदान गरेका हुन् ।

सिद्धार्थनगर नगरपालिकाका विभिन्न वडामा विभिन्न जिल्लाबाट आएर डेरा गरी बस्दै आएका यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले राहत सामग्री पाएका एक्लोलाई सहारा दिने बृक्ष समुह रुपन्देही भैरहवाकी प्रमुख मनिला न्यौपानेले जानकारी दिइन ।

विश्वभर माहामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड -१९) बाट कोरोना भाईरसबाट बच्न र बचाउन लकडाउन चलिरहेको छ । लक डाउनका कारण कोही पनि भोकै मर्नु नपरोस भनेर तीनै तहका सरकार, विभिन्न संघसंस्था लगायतले राहत सामग्री वितरण गरिरहेका छन् ।

जैविक, सामाजिक र शारीरिक बनावटमा जो मान्छे जस्तोसुकै भए पनि अहिलेको यो बिपतमा सबै बाँच्नु पर्ने भन्दै राहत प्रदान गरेको प्रदेश सभा सदस्य पाण्डेले बताए । उनले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय पनि यही देशका नागरिक भएको बताए । उनीहरुको पनि अन्य ब्यक्ति सरह बाँच्न पाउने अधिकार भएको भन्दै सरकारले राहतका कार्यक्रम समान तरिकाले प्रदान गरी यो सममुदायलाई पनि समेट्नु पर्ने प्रदेश सभा सदस्य पाण्डेको भनाई छ ।

त्यस्तै एक्लोलाई सहारा दिने बृक्ष समुह रुपन्देही, भैरहवाका कर्मचारी तथा समाजसेवी स्यारोन गुरुङ्ग (हरी ) ले पनि यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायलाइ राहत प्रदान गरेका छन् । एक्लोलाई सहारा दिने बृक्ष समुह रुपन्देही, भैरहवाकी प्रमुख न्यौपानेले प्रदेश सभा सदस्यले मात्रै नभएर सम्पुर्ण रुपन्देही जिल्लाका स्थानीय सरकार प्रदेश सरकार र केन्द्र सरकारका मातहतमा संचालित विभिन्न संघ संस्था र समाज सेवीहरुसँग यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायलाई राहत प्रदान गर्न आग्रह गरेकी छन् ।

अहिलेसम्म प्रदेश सभा सदस्य पाण्डे बाहेक सिद्धार्थनगर नगरपालिकामा राहत वितरण हुँदा यौनिक तथा लैंगिक अल्पसंख्यक तथा (समलिंगी तेस्रोलिंगी ) लाई नसमेटिएको न्यौपानेको गुनासो छ ।

समाचार शेयर गर्नुहोस्
616
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.