‘कुरा होइन, काम गरौ’

‘कुरा होइन, काम गरौ’

काठमाडौं (पहिचान) असार ३० – नेपालमा आजसम्म १७ हजार नाघेको कोरोना संक्रमितको संख्या सार्वजनिक भएको छ भने १० हजार भन्दा धेरै संक्रमित निको भएर घर फर्किएका छन् । मृत्यु हुनेको संख्या ३८ पुगेको छ ।
विश्वभरको तथ्यांक १ करोड ५० लाख टेक्न लाग्यो । मृत्यु हुनेको संख्या ५ लाख नाघिसकेको छ । कोरोना भाइरसका कारण एक जना व्यक्तिको पनि मृत्यु हुन हुँदैन ।

मृत्यु भएका सबैलाई कोरोना संक्रमितको तथ्यांकमा राखिनु पनि हुदैन । यतिवेला त विश्वभरबाट मनोवल उच्च भएको सन्देश दिइरहनु पर्छ । चाहे जो सुकैले जु सुकै भनोस, त्यसको पछि लागेर आफ्नो उचो र निचो देखाउनु शोभनिय नदेखिन सक्छ ।

सत्य र तथ्यको खोजी हुनु पर्छ । तथ्यमा आधारित सत्य हतपति डग्दैन । झुटो अबस्य नै टिक्दैन । यतिवेला विश्व नै कोरोना संक्रमणबाट बच्न र बचाउन जुटिरहेको छ । यतिवेला प्रमाणमा आधारित सत्यता सत्य नठहरिन सक्छ । यो समय कोरोनाबाट बच्ने र बचाउने एकमात्र मुलमन्त्रमा लाग्नु सबैका लागि उत्तम सावित हुनेछ ।

कोरोना लागेर नेपालमा मात्रै मृन्यु हुनेको संख्या ३८ पुगिसकेको छ । संख्यामा सानो देखेर हेलचेक्राइ गर्नु जीवनकै भूल हुन सक्नेछ । हात्तीलाई कमिला सानो सोच्नु मुर्खता हुनसक्छ । आक्रमण सानोबाटै सुरु हुन्छ । माया सानैदेखि जाग्नु पर्छ । सानैमा आक्रमण गरेकाले यो कोरोनालाई सानो हात्ती नभनौ ।

चीनको वुहान (उहान) बाट फैलिएको कोरोना भाइरसलाई कोभिड – १९ पनि भन्ने गरिन्छ । विश्व स्वास्थ्य संगठनले यो रोगमा हेलचेक्राई नगर्न सचेतना दिइरहेको छ, विश्वका हरेक नागरिकको यो रोग लागेर मृत्यु नहोस । कोही पनि नागरिकको अकालमा मृत्यु हुनु हुँदैन ।

तर, प्राकृतिक विपत्तिका कारण हरेका बर्ष मानविय क्षति विश्वले व्यहोर्नु परिरहेको छ । भुकम्प, बाढीपहिरो, भेलबाढीका कारण मृत्यु हुने नागरिकलाई जीउदै राख्न त सकिएको छैन नि । कोरोनाले पनि सचेतना अपनाएन भने जीवनलाई जिउदै नदेखाउन सक्छ । यो महामारीबाट बच्न र बचाउन अमेरिका र चीनको जस्तो वाक युद्ध नगर्दा कसो होला ?

विश्वले यतिवेला काम हेरिरहेको छ । काम गरौं, कुरा नगरौ भनिरहेको छ । हावादारी, बकम्फुसे कुरा गरेर कुनै पनि नागरिकको मनोवल गिराउने काम नगरौ । कुरा होइन काम गरेर देखाऔं ।

तस्विर : बीबीसी

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading