निर्घात कुटेर नयाँ बसपार्कबाट १३ जना तेस्रोलिंगी पक्राउ

निर्घात कुटेर नयाँ बसपार्कबाट १३ जना तेस्रोलिंगी पक्राउ

काठामाडौं (पहिचान) माघ ८ – यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका तेस्रोलिंगीलाई प्रहरीले निर्घात कुटेर पक्राउ गरेको छ। नयाँ बसपार्कको आकाशे पुल छेउमा बसिरहेका तेस्रोलिंगीलाई प्रहरीले कुटपिट गरेर पक्राउ गरेको तेस्रोलिंगी अधिकारकर्मीहरूले जानकारी दिएका छन्।

स्वतन्त्र पूर्वक हिँडडुल गर्न पाउने अधिकार वितरित तेस्रोलिंगीलाई निर्घात कुटपिट गरेर पक्राउ गरेको तेस्रोलिंगी अधिकारकर्मी सुदीप गौतमले बताए।

तर, महानगरीय प्रहरी वृत्त महाराजगन्जले भने कुटपिट नगरेको बताएको छ। शरीरमा चोट देखिने गरी कुटेको प्रहरीले कुटपिट नगरेको भनेर ढाटेको अधिकारकर्मी गौतमले बताए।

महानगरीय प्रहरी वृत्त महाराजगन्जबाट खटिएको प्रहरी टोलीले प्रहरी कार्यालयमा हुल हुज्जत गरेर गमला तोडफोड गरेको आरोप समेत लगाएको छ। बाटो हिँड्ने बटुवाको गुनासोको आधारमा १३ जनालाई पक्राउ गरेर नयाँ बसपार्कको प्रहरी कार्यालयमा लगेको र त्यहाँ उनीहरूले कार्यालयमा राखिएको गमला तोडफोड गरेको प्रहरी उपरीक्षक रमेश खड्काले बताए।

तेस्रोलिंगीहरुले कपडा खोलेर प्रदर्शन गर्न थालेपछि भ्यानमा राखेर महाराजगन्ज ल्याइएको डिएसपी खड्काले बताए। प्रहरीले पक्रेर लगेपछि उनीहरूले कपडा खोलेर हुल हुज्जत गरेको खड्काले बताए।

प्रहरीले भ्यानमा हालेर महाराजगन्ज लैजाँदा तेस्रोलिंगीलाई निर्घात कुटपिट गरेको तेस्रोलिंगी अधिकारकर्मी गौतमले बताए। प्रहरीले आम नागरिक जस्तै तेस्रोलिंगीलाई स्वतन्त्र पूर्वक बाटोमा हिँड्न र बस्न बन्देज लगाइरहेको गौतमको गुनासो छ।

तर, डिएसपी खड्का भने बटुवाहरूलाई हैरानी दिएकाले पक्राउ गरिएको दाबी गर्छन्। तेस्रोलिंगी अधिकारकर्मी गौतमले पठाएको तस्बिरमा प्रहरीको कुटपिटबाट चोट लागेको देखिन्छ। झन्डै एक महिना अगाडि पनि महाराजगन्ज प्रहरीले नयाँ बसपार्कबाट ११ जना तेस्रोलिंगीलाई पक्राउ गरेको थियो।

प्रहरीले काम देखाउन पक्राउ गरेको होला अधिकारकर्मी गौतमले भने, सुरक्षा दिने निकायबाटै हामी असुरक्षित छौ, सुरक्षा खोज्न कहाँ जाउँ?

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading