प्रहरीले तेस्रोलिंगीलाई किन जबरजस्ती ‘पारलैंगिक’ भन्दैछ? 

प्रहरीले तेस्रोलिंगीलाई किन जबरजस्ती ‘पारलैंगिक’ भन्दैछ? 

काठमाडौँ (पहिचान) माघ १२ – पश्चिममा दर्शन अनुसार दुई थरिका लैङ्गिक व्यक्तिहरूको मात्र अस्तित्व स्वीकार गरिएको छ। त्यसैले त बालक यदि पुरुष भएर हुर्कन सकेन भने ’पारि तिर’ जाऊ र महिला बन, त्यस्तै बालिका यदि महिला भएर हुर्कन सकेन भने ’पारि तिर’ जाऊ र पुरुष बन भन्ने बाध्यता रहन्छ। भिक्षु कश्यप (पूर्व सभासद्) भन्छन्, पारलैंगिक पूर्वीय दर्शनले जसरी पश्चिममा दर्शनले पुरुष वा महिलाका भन्दा पृथक विशेष वा फरक वा भिन्न (तेस्रो) लिङ्गीको अस्तित्वहरू स्वीकार गर्दैन।
उनी लेख्छन्, त्यसैले पार लाग्नु’ पर्ने व्यक्तिहरू भनेर पारलिंगी हो भन्दै, पार भइसकेपछि पुरुष बनेका व्यक्ति र पार भइसकेपछि महिला बनेका व्यक्ति भनेर, अन्तमा पुरुष वा महिलाको ’क्याटागोरि’ मा बस्न बाध्य बनाएको पाइन्छ।
भिक्षु कश्यप यो पश्चिमा संस्कृति भएको बताउँछन्। नेपालमा समलिङ्गी, तेस्रोलिंगी, अन्तरलिंगी, द्धिलिंगीको अधिकारमा २ दशकदेखि क्रियाशील भिक्षु कश्यप पश्चिमा सभ्यताबाट आएको सबै कुरा, कुनै प्रश्न नै नगरी लागु गर्न तयार तर, पूर्वीय सभ्यता, भाषा, संस्कृतिलाई अन्धविश्वास वा अवैज्ञानिक मान्ने प्रवृत्ति बढ्दै गएको बताउँछन्।
त्यसैले ’तेस्रालिंगी’ नराम्रो वा अपमान जनक शब्द विल्कुलै होइन उनी लेख्छन्, ’तेस्रो’ शब्दमा अझै पनि हिचकिचाहट छ भने ’विशेष लिङ्गी’ भन्दा पनि हुन्छ। पारलिंगी शब्दले पूर्वीय दर्शन र लैङ्गिक विविधतालाई न्याय गर्दैन भन्ने मान्यता राख्छन् भिक्षु कश्यप।
माघ ८ गते काठमाडौँको नयाँ बसपार्कबाट यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका व्यक्ति पक्राउ परेको सूचना तेस्रोलिंगी पुरुष सुदीप गौतमले दिए। प्रहरीले रगताम्य हुने गरी कुटपिट गरेछ, उनले हस्याङफस्याङ गर्दै फोन गरेर भने १३ जना तेस्रोलिंगीलाई प्रहरी भ्यानमा राखेर महाराजगन्ज लादै छ रे।
उनले सूचना दिएपछि महाराजगन्ज प्रहरीका प्रहरी नायव उपरीक्षक रमेश खड्कालाई फोन गर्दा उनले नयाँबसपार्कको आकाशे पुलमा सर्वसाधारणलाई हैरानी दिएको गुनासो आएपछि सोधपुछ गर्न नयाँ बसपार्क प्रहरी प्रभागमा ल्याउँदा कार्यालय तोडफोड गरेको बताए। ‘उनीहरू आफै नाङ्गै भएर हलहुज्जत गरेर कार्यालयको गमला फुटाए उनले भने, नियन्त्रणमा लिन म आफै आएको छु।’
उनले १३ जना तेस्रोलिंगीलाई भ्यानमा राखेर महाराजगन्ज लैजाँदै गरेको जानकारी दिए। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका तेस्रोलिंगीलाई कुटपिट गरेर पक्राउ गरेपछि २८ ३० जना तेस्रोलिंगी समलिङ्गी महाराजगन्ज प्रहरी वृत्तमा पुगे। त्यहाँ नारा लगाउन थालेपछि थप ३ जनालाई प्रहरीले पक्राउ गर्‍यो। एकै ठाउँमा राख्दा समस्या हुने भन्दै महाराजगन्ज प्रहरीमा ४ जना राखेर अरूलाई सोह्रखुट्टे, गौशाला र बालाजुमा पठायो। भोलि ठुलै समूह आएर तनाव दिने अनुमान गरेर प्रहरीले महाराजगन्जमा केन्द्रित यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको ध्यान मोड्यो र उनीहरूलाई तितरबितर पार्‍यो।
यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदाय थुनामा रहेका प्रहरी कार्यालय घेराउ गर्न गएनन्। उनीहरूले थुनामा राखिएको प्रहरी कार्यालयदेखि प्रहरी प्रधान कार्यालयको मानवअधिकार सेल, राष्ट्रिय मानवअधिकार आयोगसम्मलाई आफ्नो समुदायका व्यक्तिमाथि प्रहरीले कुटपिट गरेको जानकारी गराउँदै रिहा गर्न आग्रह गरे।
यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको मिडिया वकालत गर्दै पहिचान फाउन्डेसनले विज्ञप्ति निकालेर प्रहरी दुर्व्यवहारको भर्त्सना गरेको छ।
भोलिपल्ट उनीहरूले आग्रह गरेपछि महानगरीय प्रहरी कार्यालय रानीपोखरीले माघ ९ गते बेलुकी विज्ञप्ति निकाल्यो। विज्ञप्तिमा तेस्रोलिंगी शब्द थिएन, पारलैंगिक समूह लेखिएको थियो।
यो विज्ञप्तिमा प्रयोग भएको पारलैंगिकबारे महानगरीय प्रहरी कार्यालय रानीपोखरीका एसएसपी प्रदीप श्रेष्ठलाई नयाँ बसपार्कबाट तेस्रोलिंगीहरु पक्राउ परेको बताए। कार्यालयले निकालेको विज्ञप्तिमा त पारलैंगिक छ नि भनेर सोध्दा बारालिंगी के भन्नुभयो भन्दै उनले नबुझे झैँ गरे र भने मलाई आधा घण्टापछि फोन गर्नुहोस् बुझेर भन्छु।
आधा एक घण्टापछि के रहेछ विज्ञप्तिमा लेखिएको पारलैंगिक भनेर सोध्दा एसएसपी श्रेष्ठले यसबारे आफूले प्रहरी प्रधान कार्यालयसँग समन्वय गरेर पारलैंगिक लेखेको जानकारी दिए।
विज्ञप्तिमा पारलैंगिक प्रहरी प्रधान कार्यालयको निर्देशनमा लेखिएको हो त? यसबारे पहिचान अनलाइनले प्रहरी प्रधान कार्यालयका प्रवक्ता एसएसपी वसन्त बहादुर कुँवरसँग सम्पर्क गर्‍यो।
रानीपोखरीमा सम्पर्क गर्न सुझाएका एसएसपी कुँवरलाई विज्ञप्तिमा लेखिएको पारलैंगिकबारे बुझ्न मात्रै भनेपछि उनले पारलैंगिक तेस्रोलिंगी नै भएको बताए। तेस्रोलिंगी भन्दा होच्याएको जस्तो हुने भन्दै सम्मानित शब्द भनेर पारलैंगिक भनिएको बताए।
रगताम्य हुने गरी कुटपिट गरेर हिरासतमा राखेको नेपाल प्रहरीले तेस्रोलिंगी अपमानजनक शब्द भन्दै पारलैंगिक शब्द प्रयोग गरेर सम्मान गरेकै हो त? यो प्रश्न अहिलेसम्म अनुत्तरित नै छ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading