अपाङ्गता भएका १४ जनालाई बिउ पुँजी प्रदान 

अपाङ्गता भएका १४ जनालाई बिउ पुँजी प्रदान 

816
SHARES

काठमाडौँ : द लेप्रोसी मिसन नेपाल, फाउन्ड परियोजनाले ६८ औ बिश्व कुष्ठरोग दिवस ‘कोरोना महामारीमा हाम्रो संयतता, कुष्ठरोग व्यवस्थापनमा सक्रियता भन्ने नारा सहित मनाएको छ। कुष्ठरोगप्रति समाजमा रहेको भेदभाव न्यूनीकरण गर्दै कुष्ठरोगी प्रति गरिने दुर्व्यवहार तथा बहिष्करण न्यूनीकरणका लागि ऐक्यबद्धता जनाउने उद्देश्यले दिवस मनाइएको लेप्रोसी मिसन नेपाल, फाउन परियोजनाका क्लष्टर व्यवस्थापक शिव प्रधानले जानकारी दिए।

युके एड द लेप्रोसी मिसन इङल्याण्ड एन्ड वेल्सको आर्थिक सहयोगमा सञ्चालित परियोजनाले दिवसको अवसरमा अपाङ्गता भएका १४ जनालाई बिउँ पुँजी (सिड मनी) प्रदान गरेको छ। परियोजनाले व्यक्तिगत २३ हजार ५ सयदेखि संस्थागत ९४ हजार रुपैयाँसम्म रकम प्रदान गरेको हो।

आइडिया नेपालका अध्यक्ष दिनेश बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा प्रमूख अतिथि आइडिया नेपालका कार्यकारी निर्देशक अमर बहादुर तिमल्सिना, फाउन्ड परियोजनाका क्लष्टर व्यवस्थापक शिवकुमार प्रधानले संयुक्त रूपमा चेक हस्तान्तरण गरेका फन्ड परियोजनाकी समीक्षा गौतमले जानकारी दिइन।

फार्मेसी, व्युटिपार्लर, आलु चिप्स, गार्मेन्ट पसल, ह्विल चियर मर्मत, नाङ्लो पसल र अचार व्यवसायका लागि सिड मनी प्रदान गरेको फन्ड परियोजनाका तारा सिग्देलले बताए।

सिड मनी पाउनेमा फार्मेसी तर्फ प्रेमा घर्ती मगर, व्युटिपार्लर तर्फ टिया थापा र हेमकुमारी राई, आलु चिप्स तर्फ खस माया गुरुङ, गार्मेन्ट पसलतर्फ गंगा छन्त्याल र पातली माया रुम्बाले सिड मनी पाएका छन्।

यस्तै  ह्विल चियर मर्मतमा रामकाजी मिजार र हिरा तामाङ, नाङ्लो पसल तर्फ लालुमाया गुरुङ तथा अचार व्यवसायतर्फ तिल कुमारी फगामी, सावित्री श्रेष्ठ, सोमकुमारी वाग्ले र कमला पोखरेलले बिउँ पुँजी पाएका फाउन्ड परियोजनाले जनाएको छ।

समाचार शेयर गर्नुहोस्
816
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.