आय आर्जन तथा सीप विकास तालिममा सक्रिय सहभागी हुन आग्रह 

आय आर्जन तथा सीप विकास तालिममा सक्रिय सहभागी हुन आग्रह 

भैरहवा : लुम्बिनी प्रदेशका उपसभामुख कृष्णी थारुले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक र एच आई भी संक्रमतिको अधिकार स्थापित गर्न सरोकारवाला निकाय एकै ठाउँमा हुनु पर्ने बताएकी छन्।
नील हिरा समाजले बुटवलमा आयोजना गरेको लुम्बिनी प्रदेशका सरकारी निकायहरूसँग यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक र एच आई भी संक्रमति तथा प्रभावित समुदायका मुद्धाहरु विषयक कार्यक्रममा उपसभामुख थारुले कानुन कार्यान्वयनमा समेत जोड दिनुपर्ने बताइन् । उनले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक लगायत समाजमा पछाडि परेका सबै समुदायको सशक्तीकरणका लागी बनेका कानुन र नीतिका विषयलाई योजनामा पार्न आफुले सक्दो प्रयास गर्ने प्रतिबद्धता जनाइन्।
त्यस्तै तिलोत्तमा नगरपालिकाका उप–प्रमुख जागेश्वरी चौधरीले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरूको माग सम्बोधन गर्न नगरपालिकाले समुदायको तथ्याङ्क सङ्कलन गरी बजेट विनियोजन गरेको बताइन।
हाल तिलोत्तमा नगरपालिकामा १३ जना यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक रहेको र उनीहरूको आर्थिक सशक्तीकरणका लागी विभिन्न कार्यक्रम सञ्चालन गर्ने योजना रहेकाले नगरसँग समन्वय गर्न समेत उप–प्रमुख चौधरीले आग्रह गरिन्।
जिल्ला समन्वय समितिका अध्यक्ष एक राज विश्वकर्माले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक  लगायत समग्र मानव विकासमा जोड दिन रुपन्देहीका सबै स्थानीय तह रहेको बताए।
त्यस्तै लुम्बिनी प्रदेश सामाजिक महाशाखा प्रमुख शारदा बस्याल बेलबासेले लुम्बिनी प्रदेशमा रहेका  यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको समस्या पहिचान गरी नीति, योजना र कार्यक्रममा सम्बोधन गरेको बताइन्।
बेलबासेले यस वर्ष मन्त्रालयले दाङ जिल्लामा २० जना यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका व्यक्तिहरूलाई आयआर्जन मूलक तथा सीप विकास तालिम दिने योजना रहेको बताइन्। सुरुको कार्यक्रम सफल भएमा लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा कार्यक्रम सञ्चालन गर्ने मन्त्रालयको योजना रहेकाले सक्रिय सहभागी हुन उनले आग्रह गरिन्।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.