नेपालको वस्त्र हरण भइरहेको अवस्था छ : भिक्षु कश्यप 

नेपालको वस्त्र हरण भइरहेको अवस्था छ : भिक्षु कश्यप 

13k
SHARES
काठमाडौँ : भिक्षु कश्यपले नेपालको वस्त्र हरण भइरहेको बताएका छन्। पक्षी विपक्षी दलहरू, सभासद्हरू, विज्ञहरू भने कानुन र विधानको पक्ष विपक्ष तथा दाउपेचको वाद प्रतिवादमा अल्झिराखेको भिक्षु कश्यपको ठम्याई छ। ‘राज्य नै सङ्कटमा छ, कानुन र विधानमा अल्झने समय हो त’ उनले प्रश्न गरेका छन्।
महाभारत कथामा श्रीकृष्णले द्रौपदीलाई वस्त्रहीन हुनबाट जोगाए जस्तो नेपाललाई नाङ्गिनबाट जोगाउन नसक्नुको जिम्मेवारी सबैले लिनुपर्ने उनको भनाई छ। बुद्धजयन्तिको अघिल्लो दिन भिक्षु कश्यपले नेपाललाई नाङ्गिनबाट जोगाउन नसक्नुको जिम्मेवारी जनता सबैले लिनुपर्ने बताएका हुन्।
उनले हस्तिनापुर, धृत राष्ट्रको राज्यसभामा जब द्रौपदीको चीरहरणको प्रसङ्गसँग नेपालको राजनीतिलाई तुलना गरेका छन्। ‘महाभारत कथामा श्रीकृष्णले द्रौपदीलाई वस्त्रहीन हुनबाट कसैले जोगाइदेला?,’ उनले लेखेका छन्,‘जनता सबैले नै यो जिम्मेवारी लिनु पर्छ।,’
‘भीष्म, द्रोणाचार्य, कृपाचार्य, विदुर लगायत विधानहरू र सम्पूर्ण राजसभा सदस्यहरू कानुन र विधानको पक्ष विपक्ष तथा दाउपेचमा वाद प्रतिवाद गरिरहेका थिए कि आफूलाई हारिसकेपछि युधिष्ठिरले द्रौपदीलाई दाउमा लगाउनु कानुन उचित थियो या थिएन,’ भिक्षु कश्यपले लेखेका छन्,‘जुवामा जितेपछि दुर्योधनले द्रौपदीलाई दासी बनाउन पाउँछन् कि पाउँदैन, द्रौपदीको वस्त्र हरण गर्ने अधिकार राख्छन् कि राख्दैनन् आदि इत्यादि।’
पहिलो संविधान सभाका सदस्य एवं भिक्षु कश्यपले कानुनी दाउपेच, वाद(प्रतिवादमा राज्य सभा अल्झी रह्यो र द्रौपदीको बस्तहरुण हुँदै गएको उनेले उल्लेख गरेका छन्। ‘एउटी नारीको राज्य सभामा सारेआम चीरहरण भइरहेको वेलामा, मानव अधर्म  भई राखेको वेलामा, कानुन र विधानको पक्ष विपक्ष तथा दाउपेचमा वाद प्रतिवाद गर्ने होइन। कानुन र विधान भन्दा माथि मानव धर्म हुन्छ। मानव धर्म सङ्कटमा छ भने कानुन र विधानमा अल्झिने होइन, कसरी हुन्छ धर्म स्थापना गर्ने हो र त्यो गर्नका लागी प्रचलित कानुन विधान विपरीत गर्नु परे पनि पछि हट्न हुन्न।’ उनले लेखेका छन्।

समाचार शेयर गर्नुहोस्
13k
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.