बाल सुधार गृह भक्तपुरको भान्सा सुधार गर्न मन्त्री रेग्मीको निर्देशन

बाल सुधार गृह भक्तपुरको भान्सा सुधार गर्न मन्त्री रेग्मीको निर्देशन

काठमाडौं : महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले बाल सुधार गृह भक्तपुरको भान्सा सुधार गर्न निर्देशन दिएकी छन्।
अाज अाइतबार सुधार गृह भक्तपुरको अवलोकन गर्दै मन्त्री रेग्मीले भान्सा सुधार गर्न निर्देशन दिएकी हुन।
बाल सुधार गृह व्यवस्थित तरिकाले सञ्चालन गरेकोमा व्यवस्थापन समितिलाई धन्यवाद दिँदै मन्त्री रेग्मीले खानपान स्वस्थ र व्यवस्थित हुनुपर्ने बताइन। `खाना पकाउने ठाउँ व्यवस्थित हुनुपर्छ,´मन्त्री रेग्मीले भनिन्, `किचन व्यवस्थित हुनुपर्छ।´ मन्त्री रेग्मीले बालबालिकालाई आधुनिक शैलीमा पढाउने र पाठ्यक्रममा नैतिक शिक्षालाई बढी जोड दिनुपर्ने बताइन।
पारिवारिक वातावरणमा अध्यापन गराउँदा बाल बालबालिकालाई खुल्न सजिलो हुने भन्दै उनले यसमा ध्यान दिन सुझाव पनि दिइन।
राज्यले बाल सुधार गृहलाई महत्त्वका हेरिदिन सुधार गृह व्यवस्थापन समितिले मन्त्री रेग्मीलाई अनुराेध गरेको मन्त्री रेग्मीको निजी सचिवालयले जनाएको छ।

मन्त्री उमा रेग्मीसँग विशेष कुराकानी : समलिङ्गी विवाहको कानुन भरखरै बन्दैन, विवाह गरेर बसेकालाई बातै लाग्दैन 

सुधार गृह ललाई पुरै मन वचन कर्मले आफूले सक्ने जति गर्ने प्रतिबद्धता मन्त्री रेग्मीले व्यक्त गरेकी छन्। 

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.