चुनावी नतिजा

मनाङको स्थानीय तहमा दललाई स्वतन्त्रका उम्मेदवारको टक्कर, दार्चुलाको दुहुँमा काँग्रेस १२ मत अन्तरले विजयी

मनाङको स्थानीय तहमा दललाई स्वतन्त्रका उम्मेदवारको टक्कर, दार्चुलाको दुहुँमा काँग्रेस १२ मत अन्तरले विजयी

726
SHARES

मनाङ : मनाङको नार्पा भूमि गाउँपालिका अध्यक्षमा नेपाली काँग्रेसका कोन जो तेन्जिङ लामा विजयी भएका छन्। पुतली चुनाव चिन्ह भएका स्वतन्त्र उम्मेदवार कृष्णबहादुर लामा भन्दा ४७ मत धेरै ल्याएर काँग्रेसका उम्मेदवार विजयी भएका हुन्। उपाध्यक्षमा एमालेका मेङमर फुन्चो लामा निर्विरोध निर्वाचित भएका थिए।
एक नम्बर वडा अध्यक्षमा काँग्रेसका फुर्पा ठेले लामा निर्विरोध निर्वाचित भएका छन् । २ मा खरायो चुनाव चिन्ह रहेका फुन्चोक वाङगे लामा निर्वाचित भएका छन्। उनले पुतली चुनाव चिन्ह भएका स्वतन्त्र उम्मेदवार फुन्जो पासाङ लामालाई पराजित गरेका हुन्।
३ नम्बर वडामा लाक्पा छेवाङ लामा स्वतन्त्रबाट वडा अध्यक्षमा निर्वाचित हुँदा चारमा स्वतन्त्रका कर्म ग्यान्जे लामा र पाँचमा सोनम तेजे लामा स्वतन्त्रबाटै निर्विरोध निर्वाचित भएका छन्।
मनाङकै ङिस्याङ गाउँपालिका अध्यक्षमा एमालेका उम्मेदवार कान्छा घले निर्वाचित भएका छन्। घलेले काँग्रेस उम्मेदवार छिरिङ ओङमा गुरुङ घलेलाई पराजित गरेका हुन्।
उपाध्यक्षमा काँग्रेस उम्मेदवारलाई पराजित गर्दै पुतली चुनाव चिन्ह भएका छिरिङ गुरुङ निर्वाचित भएका छन्। वडा नम्बर १ मा एमालेका मिङमर गुरुङ, २ मा काँग्रेसका खम्वा गुरुङ, ३ मा स्वतन्त्र उम्मेदवार कृष्ण लामा निर्विरोध निर्वाचित भएका निर्वाचन आयोगले जनाएको छ।
वडा नम्बर ४ मा एमालेका कमल गुरुङ, पाँचमा काँग्रेसका कर्म सेरप बङक्षु लामा, ६ मा एमालेका सोनम गुरुङ, ७ मा काँग्रेसका गुरक्याप गुरुङ, आठमा एमालेका पेम्वा गुरुङ, ९ मा स्वतन्त्र उम्मेदवार च्योल्पा गुरुङ निर्विरोध निर्वाचित भएका छन्।
चामे गाउँपालिकाको अध्यक्षमा एमालेका लोकेन्द्र बहादुर घले ३२० मत ल्याएर विजयी भएका छन्। उनले काँग्रेसका छिरिङ ध्वर्जे लामालाई पराजित गरेका हुन् ।
एक नम्बर वडा अध्यक्षमा एमालेका खड्ग जङ्ग गुरुङ, २ मा काँग्रेसका मङ्गलदेव गुरुङ निर्विरोध निर्वाचित भएका छन् भने ३ नम्बरमा एमालेका उम्मेदवार प्रेम कुमार श्रेष्ठलाई हराउँदै काँग्रेसका विनोद लामा विजयी भएका छन्।
वडा नम्बर चारमा काँग्रेसका लोप्साङ लामाले एमालेका उम्मेदवार पाल्साङ लामालाई हराएर विजयी भएका छन्। पाँच नम्बर वडामा काँग्रेसका फुर्पा छिरिङ लामालाई हराएर एमालेका कैले गुरुङ निर्वाचित भएका छन्।
दार्चुलाको दुहुँ गाउँपालिका अध्यक्षमा काँग्रेसका पुलेन्द्र बहादुर कार्कीले एमालेका नरेन्द्र बहादुर सिंह बडाललाई जम्मा १२ मतले हराएका छन्। कार्कीले ५२२ मत ल्याउँदा बडालले ५१० मत ल्याएका थिए। वडा नम्बर एकको अध्यक्षमा काँग्रेसका जित बहादुर बम निर्वाचित भएका छन्।

समाचार शेयर गर्नुहोस्
726
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.