निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

नेमकिपाको आधार इलाका

काँग्रेस, एमाले, माओवादीसहित दलका उम्मेदवारको जमानत जफत

काँग्रेस, एमाले, माओवादीसहित दलका उम्मेदवारको जमानत जफत

834
SHARES

काठमाडौँ : भक्तपुर नगरपालिकाको प्रमुख पदमा नेपाल मजदुर किसान पार्टीका सुनिल प्रजापति निर्वाचित भएका छन्। २९ हजार २ सय मत ल्याएर प्रजापति दोस्रो कार्यकालका लागि नगर प्रमुखमा निर्वाचित भएका हुन्।
वैशाख ३० मा भएको मतदानमा ४३ हजार ३७४ मत खसेको थियो। उनका प्रतिस्पर्धी आठ दल र पाँच स्वतन्त्र उम्मेदवारको भने जमानत नै जफत भएको छ। प्रजापतिपछि धेरै मत पाएका काँग्रेसका रामप्रसाद कसुलाको पनि जमानत जफत भएको छ।
जमानत जफत हुनेमा कसुला भन्दा कम मत पाएका एमालेका रवीन्द्र लाछिमस्यु, माओवादी केन्द्रका तुलसी भक्त सुवाल, राप्रपाका बद्री लाखाजु र मौलिक जरोकिलो पार्टीका उम्मेदवार कृष्णराम प्रजापति छन्।
२०७४ को स्थानीय तह चुनावमा नेमकिपाका प्रजापति नगर प्रमुखमा विजयी हुँदा प्रतिस्पर्धी काँग्रेसका रामप्रसाद कसुला नै थिए। उनले त्यसबेला पाएको मतभन्दा यो पटक आधा मात्रै पाए।
उपप्रमुखमा पनि नेमकिपाकै रजनी जोशी निर्वाचित भएकी छन्। उनी २९ हजार ७५९ मत ल्याएर विजयी भएकी हुन्। प्रतिस्पर्धी एमालेकी उम्मेदवार रञ्जना खर्बुजाले २ हजार ९८८ मत मात्रै ल्याएर जमानत जोगाउन सकिनन्।
उपप्रमुखमा उम्मेदवारी दिएका एकीकृत समाजवादी, राप्रपा, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, जसपा, मौलिक जरोकिलो पार्टी र स्वतन्त्रको जमानत जफत भएको छ।
भक्तपुर नेपाल मजदुर किसान पार्टीको गढ मानिन्छ। भक्तपुर बाहेकका तहमा अरू दलसँग पराजित नेमकिपाले आफ्नो आधार इलाकामा भने जमानत नै जफत गराइदिएको छ।

समाचार शेयर गर्नुहोस्
834
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.