निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

नेपाली सेनाको अभियान

हिमालमा ३० हजार किलो फोहोर

हिमालमा ३० हजार किलो फोहोर

675
SHARES

काठमाडौं : विश्वको सर्वोच्च शिखर सगरमाथासहित चार वटा हिमालहरूबाट ३० हजार ३४४ किलो फोहोर सङ्कलन भएको छ।
नेपाली सेनाको सफा हिमाल अभियानमा खटिएका नेपाली सेना तथा सेवा प्रदायकका टोलीहरूले २०७८ चैत २२ देखि बिहीबार जेठ ६ गतेसम्म सड्ने तथा कुहिने ५ हजार २६६ किलो र नकुहिने २५ हजार ७८ किलो फोहोर सङ्कलन गरेको हो।
सगरमाथा/ल्होत्से हिमालबाट १ हजार ३०८ किलो कुहिने र ८ हजार ६२४ किलो नकुहिने गरी ९ हजार ९३२ किलो फोहोर सङ्कलन भएको नेपाली सेनाको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।
निर्देशनालयका अनुसार कञ्चनजङ्घा हिमालबाट ३ हजार १७ किलो कुहिने र १२ हजार ३५६ किलो नकुहिने गरी १५ हजार ३७३ किलो फोहोर सङ्कलन भएको छ।
मनास्लु हिमालबाट ९४१ किलो कुहिने र ४ हजार ९८ किलो नकुहिने फोहोर सङ्कलन भएको छ।

सेनाले हिमाल आरोहणका लागि वेश क्याम्पहरूमा पुगेका स्वदेशी तथा विदेशी गैह्र सैनिक व्यक्तिहरूलाई स्वास्थ्य सेवा प्रदान गरिरहेको जानकारी दिएको छ।
कञ्चनजङ्घा आधार शिविरमा घर परिवार तथा आफन्तसँग सम्पर्क गर्न टेलिफोन सेवा पनि उपलब्ध गराइएको छ। यो सेवा सफा हिमाल अभियान अवधिभर मात्रै उपलब्ध हुने नेपाली सेनाले जनाएको छ।

समाचार शेयर गर्नुहोस्
675
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.