लैङ्गिक पहिचान सहितको नागरिकता

सांसद निरुदेवी पालको प्रश्न : नागरिकता विधेयकमा सरकार र संसद् किन मौन?

सांसद निरुदेवी पालको प्रश्न : नागरिकता विधेयकमा सरकार र संसद् किन मौन?

889
SHARES

काठमाडौं : सांसदहरूले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकहरू लैङ्गिक पहिचान सहितको नागरिकता प्राप्त गर्नबाट वञ्चित हुनु परेको बताएका छन्। संसद्मा विचाराधीन नागरिकता विधेयकमा सरकार र संसद् मौन बसेको भन्दै उनीहरूले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकहरू लैङ्गिक पहिचान सहितको नागरिकता पाउनबाट वञ्चित हुनु परेको बताए।
प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसदहरूले छिटोभन्दा छिटो नागरिकता विधेयक पारित गर्न सरकारको ध्यानाकर्षण गराए। नागरिकता नहुँदा उच्च शिक्षा हासिल गर्न र रोजगारीबाट वञ्चित हुनु परेको बताए।
सांसद निरुदेवी पालले नागरिकता नहुँदा गएको निर्वाचनमा मताधिकार प्रयोग गर्न समेत नपाएको उल्लेख गरिन्। उनले नागरिकता विधेयक पास नहुँदा विशेष अवस्थामा रहेका नेपाली नागरिक नागरिकता लिनबाट वञ्चित हुनु परेको बताइन।
प्रधानमन्त्री पत्नी आरजुलाई लैङ्गिक अल्पसङ्ख्यकले बुझाए ज्ञापनपत्र : नागरिकता लिन मेडिकल प्रमाण पेस गर्नु पर्ने शब्द हटाउन माग
विधेयक पारित नहुँदा एकल महिलाका सन्तानहरू, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकहरूले पनि लैङ्गिक पहिचान सहितको नागरिकता प्राप्त गर्नबाट वञ्चित हुनु परेको सांसद पालले बताइन।
उनले संसद्बाट छिटोभन्दा छिटो नागरिकता विधेयक पारित गर्न माग गरिन्। संविधानको भावना र मर्म अनुरूप तत्काल आमाको सिफारिसमा नागरिकता पाउने सुनिश्चितता गर्न पनि उनले संसद् र सरकारसँग माग गरिन्।
सांसद तेजुलाल चौधरीले नागरिकता नहुँदा तराई मधेसका युवा पढ्न र रोजगारी पाउनबाट वञ्चित भएको उल्लेख गरे।
सांसद देवेन्द्र राज कँडेलले तत्काल नागरिकता विधेयक संसद्को चालु अधिवेशनमा पेस गर्न माग गरे।
२०७५ साउन २२ मा संसद्मा दर्ता भएको नागरिकता विधेयक संसद्को आयु सकिन ६ महिना पनि बाँकी नहुँदासम्म पारित हुन सकेको छैन। २०७५ भदौ ४ मा संसद्मा छलफल भएको विधेयक भोलिपल्टै भदौ ५ मा राज्य व्यवस्था समितिमा पुगेको थियो। समितिले पारित गरेर २०७७ असार ९ मा प्रतिनिधिसभामा पेस गरेको विधेयक एक वर्षदेखि पारित भएको छैन।

समाचार शेयर गर्नुहोस्
889
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.