नेपाली जनसम्पर्क समिति अमेरिका

अधिवेशन गरेर नेतृत्व हस्तान्तरण गर्न आव्हान, नयाँ च्याप्टर गठन गर्दै जाने घोषित नीति

अधिवेशन गरेर नेतृत्व हस्तान्तरण गर्न आव्हान, नयाँ च्याप्टर गठन गर्दै जाने घोषित नीति

906
SHARES

काठमाडौँ : नेपाली जनसम्पर्क समिति अमेरिकाले आफ्ना सबै च्याप्टरहरूलाई अधिवेशन गरेर नेतृत्व हस्तान्तरण गर्न आव्हान गरेको छ।
सभापति सुभाष घिमिरेको निर्देशन भन्दै सह–महामन्त्री विष्णु बरालले विज्ञप्ति निकालेर सबै च्याप्टरहरूलाई यथाशीघ्र अधिवेशनको प्रक्रिया प्रारम्भ गरी नेतृत्व हस्तान्तरणको आफ्नो जिम्मेवारी पूरा गर्न आव्हान गरेका छन्।
गत डिसेम्बर ६, २०२१ मा घिमिरेको सभापतित्वमा नयाँ केन्द्रीय समिति गठन भएको थियो। सङ्गठन निर्माण, विस्तार, शुद्धीकरण र सुदृढीकरणको अभियानमा नयाँ ऊर्जा, जोस र जाँगरका साथ निरन्तर जुटिरहेको घिमिरे नेतृत्वको समितिले दाबी गरेको छ।
केन्द्रीय समितिको घोषित नीति अनुसार सङ्गठन विस्तारको सिलसिलामा विभिन्न राज्य एवं सहरहरूमा स्थानीय आवश्यकता र माग बमोजिम नयाँ च्याप्टर गठन गर्दै जाने उल्लेख छ।
नागरिकता विधेयकको व्यवस्था ठुलो उपलब्धि : अध्यक्ष थापा
पुराना च्याप्टरहरूको हकमा अर्को व्यवस्था नभइन्जेल पुरानै कार्यसमितिलाई पूर्ववत् काम गर्न सहयोग गरी च्याप्टर अधिवेशन यथाशक्य छिटो गराउन वातावरण निर्माण गर्ने घोषित केन्द्रीय नीति बमोजिम नै रहेको विज्ञप्तिमा लेखिएको छ।

अमेरिकाको मेरिल्यान्ड च्याप्टरको वनभोज कार्यक्रममा छिट्टै च्याप्टर अधिवेशन गर्ने र विधिवत् रूपले नेतृत्व हस्तान्तरण गर्ने पहिलो च्याप्टर मेरिल्यान्ड च्याप्टर बन्ने कुरामा पूर्ण विश्वस्त भएर फर्केको सह–महामन्त्री बरालले निकालेको विज्ञप्तिमा उल्लेख छ।
जुलाई ३१, २०२२ मा नेपाली जनसम्पर्क समिति अमेरिका, मेरिल्यान्ड च्याप्टरले स्थानीय गनपाउडर स्टेट पार्कमा मनोरञ्जनात्मक गृष्मकालीन वनभोज कार्यक्रम गरेको थियो।

समाचार शेयर गर्नुहोस्
906
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.