तीस लाख भन्दा बढी ग्राहकलाई सेवा दिँदै आएको ग्लोबल आइएमई बैङ्कको दाबी

तीस लाख भन्दा बढी ग्राहकलाई सेवा दिँदै आएको ग्लोबल आइएमई बैङ्कको दाबी

451
SHARES

काठमाडौं : ग्लोबल आइएमई बैङ्क लिमिटेड र धनगढीमा रहेको माया मेट्रो अस्पताल प्रा.लि.बीच बैङ्कका ग्राहकहरूलाई छुट प्रदान गर्ने सम्झौता भएको छ। सम्झौता अनुसार ग्लोबल आइएमई बैङ्कका खातावाल ग्राहक तथा कर्मचारीले माया मेट्रो अस्पतालका सेवाहरूमा १५ प्रतिशत सम्म छुट प्राप्त गर्ने बैङ्कले जनाएको छ।
माया मेट्रो अस्पतालमा छुट प्राप्त गर्न बैङ्कका ग्राहकहरूले बैङ्कको डेबिट/क्रेडिट/प्रिभिलेज कार्ड वा बैकको परिचय पत्र पेस गर्नु पर्नेछ। आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गरी बैङ्कले विभिन्न अस्पतालहरूसँग यस्ता सम्झौता गरी ग्राहकहरूलाई लाभान्वित गर्दै आएको जानकारी दिएको छ।
देशका सतहत्तरै जिल्लामा २८९ शाखा रहेको निजी क्षेत्रको बैङ्कले २६५ एटिएम, २७५ शाखा रहित बैंकिङ्ग सेवा, ५२ एक्सटेन्सन तथा राजश्व सङ्कलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८८१ भन्दा बढी सेवा केन्द्रबाट ३० लाख भन्दा बढी ग्राहकहरू माझ सेवा प्रदान गरिरहेको जनाएको छ।
बैङ्कले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिटेन्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको दाबी समेत गरेको छ।

समाचार शेयर गर्नुहोस्
451
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.