हरि शर्माको स्मरण

शेख हसिनाको नेपाल भ्रमण र स्वार्थको द्वन्द्व

शेख हसिनाको नेपाल भ्रमण र स्वार्थको द्वन्द्व

काठमाडौं : सन् २००९ देखि बङ्गलादेशको प्रधानमन्त्रीमा छिन् शेख हसिना। इतिहासमा सबै भन्दा लामो सममयसम्म प्रधानमन्त्री पदमा रहने नाम लेखाएकी छिन् उनले।
उनी सन् १९९५ सम्म प्रतिपक्ष दलको नेतृ थिइन। सन् १९८६ देखि १९९० र सन् १९९१ देखि १९९५ सम्म प्रतिपक्ष दलको नेतृ रहेकी उनी वर्तमान बङ्गलादेशको प्रधानमन्त्री हुन्।
उनी विपक्षी दलको नेतृ हुँदा नेपाल घुम्न आएकी थिइन। पर्यटककै रूपमा काठमाडौं आएकी उनको सानो समाचार प्रकाशित भएको थियो त्यति वेलाको काठमाडौं पोष्टमा। नेपालको प्रधानमन्त्री थिए स्वर्गीय गिरिजाप्रसाद कोइराला। ‘उनले समाचार पढेर शेख नेपाल आएको थाहा पाएका थिए,’कोइरालाका राजनीतिक सल्लाहकार हरि शर्माले भने,‘मलाई बोलाएर प्रतिपक्षी दलको नेता आउँदा सरकारलाई थाहा छैन भनेर प्रश्न गर्नुभयो।’
नेपाल आर्थिक पत्रकार समाज सेजनको कार्यालयमा अनुभव सेयरिङ गर्दै शर्माले गिरिजाप्रसादसँग भेट्न सिंहदरबार पुगेकी हसिना गेटमा रोकिन पुगेको सुनाए। ‘प्रधानमन्त्रीलाई भेट्न ट्याक्सी चढेर आउनु भएको छ,’उनले भने,‘ओकेटोकेमा खबर आएपछि म हस्याङफस्याङ गर्दै सिंहदरबार भित्र ल्याएर गिरिजाप्रसादसँग भेट गराए।’
प्रधानमन्त्रीले आफ्नो देशमा आएका विदेशी पाहुनाबारे थाहा पाउने उति वेला अखबारका समाचार नै थिए। अहिलेजस्तो हातहातमा समाचारको समय थिएन। नेपाललाई भूराजनीतिक केन्द्र बनाउन विदेशी शक्ति राष्ट्रहरू खुलमखुला नेताहरूलाई दबाब दिएको सुनिँदैनथ्यो।
बहुदलीय व्यवस्था र गणतान्त्रिक व्यवस्थाको पहिलो प्रधानमन्त्री गिरिजाप्रसादले नेपाली काँग्रेसका तत्कालीन नेता डाक्टर रामबरण यादवलाई पहिलो राष्ट्रपति बनाएर बिदा भए। प्रधानमन्त्रीको सल्लाहकार टिममा रहेकाहरूले जनचाहना विपरीतका काममा सल्लाह दिँदैनथे। राजनीतिशास्त्री शर्मा अहिले समाज जटिल अवस्थामा रहेको बताउँछन्।
स्वार्थको द्वन्द्व चलिरहेको छ। समाचार कक्षबाट सम्पादक हराउँदै गएका छन्। म्यानेजिङ सम्पादक आइरहेका छन्। जनताको नाममा सरकारलाई प्रभाव पार्ने काम निजी क्षेत्रले गरेको छ। उमेश श्रेष्ठ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको राज्यमन्त्री बनेका छन्। उनले आफ्नो व्यक्तिगत स्वार्थ पुरा गर्न सरकारमै बसेर प्रभाव पारिरहेका छन्। साधन स्रोतको दुरुपयोग भइरहेको छ।
खुसी हुने ठाउँ नरहेको बताउँछन् राजनीतिशास्त्री शर्मा। ‘सबै भत्किएका छन्,समाचार अहिले पनि आउँछन्, तर फलोअप हुँदैनन्,’शर्माले भने,‘सम्पादकले होइन समाचारको फलोअप नआउनमा म्यानेजिङ सम्पादकले रोप प्ले गरिरहेको हुन्छ होला।’
सर्वोच्च अदालतको आदेशमा प्रधानमन्त्री बनेका काँग्रेस सभापति शेरबहादुर देउवाको स्वार्थ अनुकूलका निर्णयको उनकै पार्टीभित्र विरोध भइरहेको छ। स्थानीय चुनावमा गठबन्धन गर्दा सबै भन्दा ठुलो दल बनेको काँग्रेस गठबन्धन गरेरै मङ्सिर ४ को चुनावमा जादैछ।
एक्लै चुनाव जित्न नसकिने भय दलका नेताहरूमा पलाएको छ। २०७४ को चुनावमा नयाँ दल खोलेका बाबुराम भट्टराई, मधेसवादी दलमा विभाजित जसपा, लोसपा काँग्रेस नेतृत्वको गठबन्धनमा आउँदा भावी प्रधानमन्त्रीमा पनि आफ्नै अनुहार मात्रै देखिरहेका छन् देउवाले।
सरकारले जनताको आवश्यकतामा ध्यान दिनुपर्नेमा नदिएपछि काँग्रेस भित्र असन्तुष्टि बढेको छ। अबको गठबन्धन सरकारको प्रधानमन्त्रीमा प्रकाशमान सिंहले पनि दाबी प्रस्तुत गर्ने तयारी गरेको सुनाएका छन्। ‘फस्ट मेन भएर काम गर्न मन छ’उनले केही दिन अघिको कार्यक्रममा मुख खोलेका छन्।
राजनीतिबाट संन्यास लिएर बसेका रामचन्द्र पौडेल समानुपातिकमा बसेर राष्ट्रपति बन्न आतुर छन्। देउवा आफू प्रधानमन्त्री र राष्ट्रपति दुवै नबन्ने सर्तमा काँग्रेसलाई पहिलो पार्टी बनाउन लाग्छन् लाग्दैन यो देउवालाई फलामको चिउरा चपाउनु सरह हुने देखिन्छ।
विपक्षी दलको नेता आउँदा थाहा नपाउने गिरिजाप्रसादको सरकार होइन अहिलेको। अहिलेको सरकारमा पाँच मुख छन्। स्वार्थका लागि एकै ठाउँमा जोडिएका नेताहरूले जनताको पक्षमा काम गर्न सकेका छैनन्। निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले नै न्याय पाएका छैनन्।
‘मसान वैराग्य भयो, विनोद चौधरीले आमाको निधन हुँदा पशुपतिमा संङलो पानीको व्यवस्था गर्ने बताएका थिए,’शर्माले भने,‘खोइ अहिलेसम्म बनाए जस्तो लाग्दैन।’ देशमा अधिनायकवाद आइसकेको शर्मा बताउँछन्।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading