१७ महिने बालकको गाडीले किचेर मृत्यु

१७ महिने बालकको गाडीले किचेर मृत्यु

474
SHARES

काठमाडौं : भक्तपुरको लोकन्थलीमा १७ महिने बालकको गाडीले किचेर मृत्यु भएको छ। शुक्रवार बिहान सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउँपालिकाका वडा नम्बर ५ का केशवलाल श्रेष्ठका छोराको पानी झार्न रोकिराखेको बा ५ ख ७८१७ नम्बरको निशान गाडीले किच्दा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
१७ महिनाका सलिन श्रेष्ठ खेल्दा खेल्दै पानी झार्न रोकिराखेको गाडीमुनि छिर्न पुगे। रोकेको गाडी गुडेपछि बच्चालाई किच्यो र गम्भीर घाइते अवस्थामा अस्पतालमा पुर्‍याए पनि बचाउन सकेनन्।
प्रहरी वृत्त ठिमीबाट अनुसन्धान अधिकृत सहितको प्रहरी टोलीले प्रारम्भिक अनुसन्धान गरेर सवारी साधन र चालकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ।
नियन्त्रणमा रहेको गाडी र चालक सिन्धुपाल्चोक मेलम्ची गाउँपालिका वडा नम्बर ३ का आकाश भुजेललाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको परिसरले जनाएको छ। भक्तपुरमा बुधवार सूर्य विनायकमा हरियो बत्ती बल्दा गुडेको गाडीको ठक्करबाट ७२ वर्षकी वृद्धाको मृत्यु भएको थियो।
‘रातोमा रोकियो, ग्रिनमा गुड्दा दुर्घटना’

समाचार शेयर गर्नुहोस्
474
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.