समानुपातिक सुची

दबाब दिएपछि गृहमन्त्री पत्नी मञ्जुको नाम हटेन, प्रधानमन्त्री पत्नी आरजु तीन नम्बरमा

दबाब दिएपछि गृहमन्त्री पत्नी मञ्जुको नाम हटेन, प्रधानमन्त्री पत्नी आरजु तीन नम्बरमा

विमलेन्द्र, प्रकाशशरण र गोपालमानको नाम एक नम्बरमा

काठमाडौं : राजनीतिक दलहरूले समानुपातिक तर्फको बन्द सूची सच्याएर बुझाएका छन्। प्रतिनिधि र प्रदेश सभा सदस्यको समानुपातिक तर्फ दलहरूले सच्याएर बुझाएको बन्द सूची असोज २२ मा सार्वजनिक गर्ने निर्वाचन आयोगले जनाएको छ। असोज ३ मा बुझाएको बन्द सुचीलाई लिएर काँग्रेसमा लफडा भएको थियो।
सभापति शेरबहादुर देउवाले ११० जनाको सुचीमा शेखर कोइराला पक्षका १३ जनाको मात्रै नाम बन्द सुचीमा राखेपछि भएको लफडा महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले मिलाए। थापा र शर्माले ल्याएका नाममा सभापति देउवा र कोइराला पक्ष सहमत भएपछि अन्तिम सुची आयोगमा बुझाएको काँग्रेसले जनाएको छ।
शेखरको मागमा देउवा सहमत, पूर्णबहादुरले रोके
बन्द सुचीमा समानुपातिकतर्फ निर्वाचित हुनेमध्ये १२ जना शेखर समूहलाई राखेपछि विवाद समाधान भएको स्रोतले बताएको छ। `नाम थप्ने भन्दा निर्वाचित हुने गरी कम्तीमा १२ जना राख्नुपर्ने शेखर पक्षको माग सम्बोधन भएको छ,´स्रोतले भन्यो,`विवाद भए पनि प्रधानमन्त्री र गृहमन्त्री पत्नीको नाम महिलातर्फको समानुपातिकमा राखिएको छ।´
महिलातर्फको समानुपातिक सुचीको एक नम्बरमा अम्बिका बस्नेत परेकी छन्। दुई नम्बरमा सरिता प्रसाईँलाई राखिएको छ। प्रधानमन्त्री देउवा पत्नी आरजु राणापछि ईश्वरी न्यौपानेको नाम राखेर छैटौँ नम्बरमा गृहमन्त्री बालकृष्ण खाँणकी पत्नी मञ्जु खाँणको नाम समानुपातिकतर्फको बन्द सूचीमा राखिएको काँग्रेस स्रोतले बतायो।
मञ्जुको नाममा अन्तिमसम्म नै विवाद भए पनि गृहमन्त्रीको भित्री सपोर्टले पाँच नम्बरमा नाम परेको हो। `आफ्नो नाम हटाउने तयारी रोक्न मञ्जुले आफू र आफ्नालाई लगाएर पटकपटक दबाब दिइरहनु भयो, म मञ्जु खाँण हु, गृहमन्त्रीको श्रीमती भएकै कारण हट्नुपर्ने हो भनेर प्रश्न गर्नुभयो,´स्रोतले भन्यो,`उहाँको नाम हटाउने माग त्यसपछि साम्य भयो।´
विवाद भएपछि गृहमन्त्री खाँणले नाम फिर्ता लिए पनि हुने भनेका थिए। तर, मञ्जुले जसरी पनि आफू पर्नै पर्ने दबाब दिएपछि नाम नहटेको स्रोतले बतायो। समानुपातिक खस आर्यको एक नम्बरमा डाक्टर प्रकाशशरण महत,मधेसीको विमलेन्द्र निधि र जनजातिको गोपालमान श्रेष्ठ परेका छन्।
महिला तर्फको आदिवासी जनजातिमा खोटाङकी सरस्वती वजिमय,लीला बोखिम परेका छन्।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading