चुनावी घोषणा

स्वतन्त्र उम्मेदवार रन्जु दर्शना : समलिङ्गी विवाहबारे नीति संवाद गर्ने

स्वतन्त्र उम्मेदवार रन्जु दर्शना : समलिङ्गी विवाहबारे नीति संवाद गर्ने

काठमाडौँ : मङ्सिर ४ मा हुने प्रतिनिधि सभा सदस्य चुनावमा उम्मेदवार मनोनयन दर्ता गरेकी रन्जु दर्शनाले चुनावी घोषणा पत्र सार्वजनिक गरेकी छन्। २०७४ सालको निर्वाचनमा काठमाडौँ महानगरको प्रमुख पदकी उम्मेदवार दर्शनाले २३ हजार भन्दा बढी मत प्राप्त गरेकी थिइन।
विवेकशील साझा पार्टीबाट साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएकी रन्जुले आफ्नो राजनीतिक यात्रा स्वतन्त्र रूपले अघि बढाउने घोषणा गरेकी थिइनन्। सङ्घीय निर्वाचनमा उनले स्वतन्त्र रूपमा उम्मेदवारी दर्ता गरी ‘सेलरोटीको चाङ्’ चुनाव चिन्ह पाएकी छिन्।
चुनाव चिन्ह प्राप्त गरिसकेपछि उनले आफ्नो निर्वाचन केन्द्रित चुनावी घोषणा पत्र सार्वजनिक गरेकी हुन्। रन्जुको घोषणापत्रमा मानसिक स्वास्थ्य, स्टार्ट अप नीति, कर प्रणाली, यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक, सार्वजनिक प्रशासनिक सेवाको पुनः संरचना, मुखबिर नीति, बायोपाईरेसि लगायत अन्य मुद्दाहरू समावेश छन्। घोषणापत्रमा काठमाडौँ क्षेत्र नं ५ केन्द्रित एजेन्डा र समग्र देश र नागरिक केन्द्रित एजेन्डा भनेर छुट्टै लेखिएको छ। दर्शनाले आफ्नो व्यक्तिगत प्रतिबद्धता समेत प्रस्तुत गरेकी छिन।
जनताको सेवा गर्न उम्मेदवारी : तेस्रोलिंगी राधा मौसी
उनले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक विभाग खोल्न नीति बनाउने घोषणा गरेकी छन्। उनले कानुनी अधिकार प्राप्त गर्न सहायता गर्न पृथक् विभाग खोल्ने नीति नियम बनाउने उल्लेख गरेकी छन्।
समलिङ्गी विवाहलाई कानुनी मान्यता दिन बृहत् नीति संवाद गर्ने र आफ्नो अडान यसको पक्षमा राख्ने उम्मेदवार दर्शनाले बताइन्। उनले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको विषयलाई विशेष छलफलकै दायरामा ल्याउन अघि बढ्दै गरेको घोषणापत्रमा लेखेकी छन्।
‘पहिले पहिले मानिसहरूको बुझाइ प्राकृतिक रूपमा कि त महिला कि त पुरुष दुई मात्र लिङ्गमा मानव जाति विभाजित हुन्छन् भन्ने थियो,’ उनले घोषणापत्रमा लेखेकी छन्,‘तर अहिले भने महिला पुरुष भन्दा बाहेक पनि लैङ्गिक पहिचान र लैङ्गिक छनौट रहेका व्यक्तिहरू छन् भन्ने कुरा थाहा हुँदैछ।’ लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकको अधिकारको विषयमा बेलाबखत कुरा पनि हुने गरेको उनले घोषणा पत्रमा लेखेकी छन्। उनले अहिले भने आफू यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकलाई विशेष छलफलकै दायरामा ल्याउन अघि बढेको बताएकी छन्।
रन्जु दर्शनाको चुनावी घोषण पत्रको पूर्ण पाठ

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading