नेपालले भारत सरकारलाई पठायो कूटनीतिक नोट

नेपालले भारत सरकारलाई पठायो कूटनीतिक नोट

काठमाडौं : सरकारले भारत सरकारलाई कूटनीतिक नोट पठाएको छ। गृह मन्त्रालयबाट प्राप्त प्रतिवेदन थप अध्ययन गरेर कूटनीतिक नोट पठाएको परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले जानकारी दिइन।
कूटनीतिक नोटमा उल्लेख विषयबारे लम्सालले केही उल्लेख गर्न चाहिनन्। उनले भनिन,‘पछिल्लो घटनाबारे गृहबाट प्राप्त प्रतिवेदन अध्ययन गरेर भारत सरकारलाई कूटनीतिक नोट पठाएका छौँ।’
नेपालमा रहेको भारतीय दूतावासमार्फत कूटनीतिक नोट पठाइएको उनले बताइन। कूटनीतिक नोटमा पछिल्लो घटनाबारे उल्लेख गरेको उनले बताइन। भारतीय गर्ग एन्ड गर्ग कम्पनीले दार्चुलाको व्यास गाउँपालिकास्थित महाकाली नदीपारि तावाघाट–लिपुलेक सडक चौडा गर्ने क्रममा जिलेटिन विस्फोट गराउँदा उछिट्टिएको ढुङ्गा लागेर दुम्लिङका १२ वर्षीय पवन महराको मृत्यु भएको थियो।
यसअघि गत वर्ष महाकाली नदीमा तुइन तर्दै गर्दा भारतीय एसएसबीबीले तार चुढाल्दा बेपत्ता भएका जयसिंह धामी भेटिएका छैनन्। परराष्ट्र मन्त्रालयले पठाएको कूटनीतिक नोटमा जयसिंह घटनाबारे केही उल्लेख नगरिएको लम्सालले बताइन।
गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले अन्तर्राष्ट्रिय सीमा क्षेत्रमा बिना सूचना विस्फोट गराउँदा भएका घटनाको सत्य तथ्य बुझ्न पत्राचार गरिएको बताए। उनले जयसिंह धामी बेपत्ता घटनाको अघिल्लो वर्ष नै भारतसँग सत्य तथ्य माग गरिएको बताए।
भारतीय निर्माण कम्पनीले भने गल्ती स्वीकार गरेर मृतक बालकका परिवारलाई क्षतिपूर्ति दिने सहमति गरिसकेको छ। सडक निर्माण गर्दा आएको ढुङ्गा लागेर पवन महराको मृत्यु भएको घटनामा भारतीय सडक निर्माण कम्पनीले आफ्नो गल्ती भएको स्वीकार गरेर क्षतिपूर्ति दिने सहमति गरेको हो।
भारतीय कम्पनीले परिवारका बालबच्चालाई कक्षा १२ सम्म पढाउने र परिवारको एक जनालाई कम्पनीमा रोजगारी दिने सहमति गरेको छ। घटनापछि पीडित परिवारसहित धार्चुला पुगेको दार्चुलाका जनप्रतिनिधिको टोलीले अन्तर्राष्ट्रिय सीमा क्षेत्रमा बिना सूचना विस्फोट गराएर ज्यादती हुने गरेकोले यस्तो गतिविधि रोक्न भारतीय पक्षलाई आग्रह गरेका थिए।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading