डोटीका भूकम्पपीडितलाई राहत दिने एनआरएनएको प्रतिबद्धता

डोटीका भूकम्पपीडितलाई राहत दिने एनआरएनएको प्रतिबद्धता

डोटी : गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)की कार्यकारी अध्यक्ष रबिना थापाले डोटीका भूकम्प पीडित परिवारलाई राहत दिने बताएकी छन्। कैलाली उद्योग वाणिज्य सङ्घले गरेको स्वागत तथा भेटघाट कार्यक्रममा अध्यक्ष थापाले भूकम्प पीडित परिवारलाई राहत दिने बताएकी हुन्।

बुधवार बिहान २ः१३ बजेको भूकम्पले डोटीको पूर्वीचौकी गाउँपालिकामा ६ जनाको मृत्यु भएको छ। ‘भूकम्पले क्षति गरेको थाहा पाएपछि सुदूरपश्चिम पुगेका छौँ,’थापाले भनिन्,‘पीडित परिवारलाई राहतका लागि सहयोग गर्ने तयारी गरेका छौँ।’

उनले समस्यामा परेका नेपालीको सहयोगका साथै देशको विकास र समृद्धिका लागि एनआरएनए सधैँ तत्पर रहेको बताइन्।

कैलाली उद्योग वाणिज्य सङ्घका अध्यक्ष पुष्पराज कुँवरले एनआरएनएले सुदूरपश्चिमसहित देशको विकासमा पुर्‍याएको योगदानको प्रशंसा गरे। कोरोना काललगायतमा एनआरएनएले सुदूरपश्चिमबासीका लागि महत्त्वपूर्ण सहयोग गरेको कुँवरले बताए। उनले सुदूरपश्चिमको विकासका लागि पर्यटन, उद्योगलगायतका क्षेत्रमा लगानी गर्न आग्रह गरे।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार डोटीस्थित खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा केन्द्रबिन्दु भएर ६.६ म्याग्निच्युडको भूकम्प गएको थियो। भूकम्पका कारण पूर्वीचौकी गाउँपालिका–३ ठाँडागाउँका ६ जनाले ज्यान गुमाएका छन् भने ५ जना गम्भीर घाइते भएका छन्।

घाइतेहरूलाई उपचारका लागि जिल्ला अस्पताल डोटी पुर्‍याइएको छ । भूकम्पका कारण ८ घर पूर्णरुपमा क्षति भएका छन् । घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ। भूकम्प प्रभावित क्षेत्रमा उद्धार र राहतमा खट्न प्रधानमन्त्री शेरबहादुर देउवाले निर्देशन दिइसकेका छन् ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading