सभ्य समाज

चलचित्र ‘नीलो फुल’मा उदाए सुनिलबाबु पन्त, छिट्टै प्रदर्शनमा आउने

चलचित्र ‘नीलो फुल’मा उदाए सुनिलबाबु पन्त, छिट्टै प्रदर्शनमा आउने

काठमाडौं : सुनिलबाबु पन्तले २० वर्ष अगाडिको वास्तविक कथामा आधारित चलचित्र बनाएका छन्। पन्त अब लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक (एलजीबीटीआईक्यु) व्यक्तिको अधिकारको अभियन्ता मात्रै नभएर चलचित्र निर्माता एवं निर्देशक पनि बनेका छन्।

समलिङ्गी, तेस्रोलिंगी, अन्तरलिङ्गी, द्वयलिंगी व्यक्तिलाई २० वर्ष अगाडि समाजमा गर्ने वास्तविक व्यवहार पन्तले चलचित्र नीलो फूलमा उतारेका छन्।

सोमबार निलो फूलको पोस्टर सार्वजनिक गर्दै पन्तले समलिङ्गी पुरुषलाई चाहना विपरीत महिलासँग विवाह गरेको २० वर्ष अगाडिको वास्तविक कथा नै नीलो फूल भएको बताए।


नेपालमा अझै पनि समलिङ्गी सम्बन्धलाई कानुनी मान्यता दिने कानुन बनेको छैन। २०६४ सालमा पन्त समलिङ्गी विवाहलाई कानुनी मान्यता दिनु पर्ने रिट लिएर सर्वोच्च अदालत पुगेका थिए।

सर्वोच्चले सरकारका नाममा दिएको निर्देशनात्मक आदेश दिएको त्यही वर्षको पुस ६ गतेलाई लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक व्यक्तिहरूले हरेक वर्ष स्मरण गर्दै आएका छन्।

सर्वोच्चको आदेशपछि गठन भएको समलिङ्गी विवाहबारे अध्ययन गर्न बनेको समितिले २०७१ वैशाखमा समलिङ्गी विवाहलाई कानुनी मान्यता दिनुपर्ने सुझावसहितको प्रतिवेदन बुझाइसकेको छ। प्रतिवेदन बुझेपछि पटक पटक सरकार बने पनि विवाहलाई कानुनी मान्यता दिने कानुन अझैसम्म बनेको छैन।


संविधानमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकको अधिकार लेखाउन मुख्य भूमिका निर्वाह गरेका नील हिरा समाजका संस्थापक एवं संविधान सभाका सभासद् पन्तले निर्माण गरेका हुन चलचित्र नीलो फुल।

एलजीबीटीआईक्यूमा पनि विशेष गरी समलिङ्गी पुरुषलाई परिवारले जबरजस्ती विपरितलिंगी महिलासँग विवाह गराउँदा आउने कठिनाइ र परिवारलाई खुसी पार्न दुवैले गरेको त्याग दर्शकका लागि नयाँ देखिने चलचित्र विकास बोर्डको हलमा सार्वजनिक गरिएको पोस्टर सङ्केत गर्छ।

के छ समलिंगी विवाहको अवधारणा पत्रमा?


परिवारले जबरजस्ती चाहना विपरीत गरिदिने विवाहका कारण महिलामाथि पर्ने पीडा र समलिङ्गी पुरुषमा आफ्नी पत्नी प्रतिको कर्तव्यबाट जन्मेको प्रेमको भावनाको कथा चलचित्रमा रहेको पन्तले बताए।

श्रीमान् समलिङ्गी भएको थाहा पाएपछि पति प्रतिको कर्तव्यबाट जन्मेको बलिदानको भावनाको कथा पनि चलचित्रमा रहेको पन्तले बताए। नीलो फुल समलिङ्गी सम्बन्धको बारेमा मात्रै नभएर सभ्य समाज निर्माणको चेतना जगाउँदै हिँडेका एलजीबीटीआईलाई प्रहरीबाट हुने धरपकडसँगै प्रहरीले गर्ने मायाको सम्बन्ध समेत चलचित्र नील फुलमा देख्न पाइने पन्तले बताए।

टेलिसिरिलदेखि चलचित्रमा समेत अभिनय गरेका कलाकार विमला गिरीले नील फुलमा अभिनय गर्नु पाउनुलाई गौरवको रूपमा लिएको बताइन। उनले कथा वस्तु अनुसार आफूले गरेको अभिनय दर्शकले मन पराउने विश्वास व्यक्त गरिन्।

कलाकार सागर घिमिरेले पहिलो पटक चलचित्र नीलो फुलमा अभिनय गर्न पाउँदा खुसी लागेको बताए। उनले यसै चलचित्रबाट आफ्नो अभिनय क्यारियरलाई अगाडि बढाउने योजना रहेको सुनाए।

निर्देशक प्रधुम्न मिश्रले चलचित्र नीलो फुल छिट्टै प्रदर्शनमा आउने जानकारी दिए। अबको एक महिना पछि चलचित्र नीलो प्रदर्शनमा ल्याउने तयारी रहेको मिश्रले बताए।

यो पनि
छापामार शैलीमा मतदाता भेट्छु : शरिन तामाङ, राष्ट्रिय स्वतन्त्र पार्टी

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading