वैदेशिक लगानी

अर्थतन्त्र साइजमा आउँदा सरकारलाई प्रेसर

अर्थतन्त्र साइजमा आउँदा सरकारलाई प्रेसर

काठमाडौं : देशको अर्थतन्त्रमा दबाब परेको छ। कोरोना महामारी पछि देशको अर्थतन्त्र साइजमा आउँदा सरकारलाई नै दबाब परेको सरकारका सचिवहरूले बताएका हुन्।

प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका सचिव मधु मरासिनीले साइजमा आइसकेपछि प्रेसर परेको बताए। वैदेशिक लगानी भित्र्याएर उत्पादन बढाउनु पर्ने उनको भनाई छ। ‘हाम्रो उत्पादनको निर्यात नगरी रेमिट्यान्सले मात्रै धानिँदैनौ,’उनले भने,‘कोभिड नआएकै भए पनि समस्या पर्थ्यो।’

कोभिड आएका कारण आयात नहुँदा रेमिटेन्स रिजर्भमा रहेको उनले बताए। ‘जब हामी रियल साइजमा आयौ, साइजमा आएपछि बल्ल देखियो हैसियत भन्छन् नि,’सचिव मरासिनीले भने,‘साइजमा आइसकेपछि प्रेसर परेको छ।’

सचिव मरासिनी सिसिटिभी फुटेज काण्डमा अर्थमन्त्री जनार्दन शर्मालाई असहयोग गरेका कारण प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा पुगेका छन्। मरासिनीको सरुवा भएसँगै राजश्व सचिव कृष्णहरि पुष्करले सचिव बन्ने अवसर पाएका छन्।

सचिव मरासिनीले क्षमता भन्दा धेरै भारी बोकेका कारण डेलीभर हुन नसकेको बताए। भारत र चीनमा भन्दा तुलनात्मक रूपमा नेपालमा ज्याला सस्तो छ। तर पनि भारत र चीनबाट लगानी भित्रन सकेको छैन। कोभिडको बेला चीनका उद्योगहरू भियतनाम र लाओसमा पुगे पनि नजिकको नेपालमा आउन नसकेको सचिव मरासिनीले बताए।

उनले भारत र चीनमा ज्याला बढिरहेको बताए। ‘कोभिडका बेला पनि चाइनाका फ्याक्ट्रीहरू अन्त गए,’उनले भने,‘हाम्रो भूगोलभन्दा टाढा भियतनाम तिर, लाओस् तिर गएको छ, यहाँ ल्याउन सकिरहेका छैनौ।’

अर्थमन्त्री शर्मा असन्तुष्ट, निजी क्षेत्रको प्रश्न : सहकार्य गर्न डराउने किन?

सचिव मरासिनीले निजी क्षेत्रले पनि विदेशी लगानी ल्याउनमा प्रतिस्पर्धा गर्न आवश्यक रहेको बताए। निजी क्षेत्रले विदेशी लगानीमा आएको भाग खोज्ने मात्रै नभएर विदेशी लगानी ल्याउनमा प्रतिस्पर्धा गर्न आवश्यक रहेको उनले बताए।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव तोयनारायण ज्ञवालीले पछिल्लो समय अन्य देशहरूमा कुल जिडिपीको १२ प्रतिशत विदेशी लगानी भित्रिने भए पनि नेपालमा कुल बजेटको शून्य दशमलव ४ प्रतिशत मात्रै विदेशी लगानी आइरहेको बताए। उनले चालु आर्थिक वर्षको पछिल्लो ४ महिनामा २ अर्ब २४ करोड बराबरको विदेशी लगानीमा बन्ने १९ वटा परियोजना स्वीकृत भएको जानकारी दिए।

विदेशीहरूले लगानी गर्दा विभिन्न अर्थतन्त्रका सूचकहरू हेरेर लगानी गर्ने भएकाले अर्थतन्त्रका विभिन्न सूचकहरू बढाएर लगानी ल्याउने वातावरण बनाउन आवश्यक रहेको बताए। उनले नेपालमा साना तथा घरेलु उद्योगहरू धेरै रहे पनि सरकारले टेक्नोलोजी दिन नसक्दा अझै प्रतिस्पर्धी बनाउन नसकेको उल्लेख गरे।

‘सचेत नभए अर्थतन्त्र दुर्घटनामा पर्ने’

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. वैकुण्ठ अर्यालले सरकारले ल्याएको बजेट कार्यान्वयनको लागि सबैको सहकार्य आवश्यक पर्ने बताए। उनले बजेट कार्यान्वयनको विषयमा सरकारी स्तरबाट पनि धेरै कमी कमजोरीहरू हुने गरेको बताए।

सचिव अर्यालले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय ९५ प्रतिशत डिजिटल भएको बताउँदै डिजिटल प्रयोगको कारणले मन्त्रालयमा कागज र कलम खरिदमा हुने खर्चमा ३७ प्रतिशतको गिरावट आएको बताए। स्थापना भएका सबै स्टार्टअप उद्यम शतप्रतिशत सफल नहुने उल्लेख गरे।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading