निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

दुर्घटना

१७ जनाको मृत्युपछि बनेपा शोकमा

१७ जनाको मृत्युपछि बनेपा शोकमा

643
SHARES

काभ्रे : काभ्रेको बेथानचोकमा भएको बस दुर्घटनामा बनेपा नगरपालिकाका १२ जनाको मृत्यु भएपछि पुरै पालिका शोकमग्न बनेको छ।

बनेपा नगरपालिका–११ बाट जिल्लाकै बेथानचोक गाउँपालिका–५ स्थित च्याल्टीमा व्रतबन्ध छेवरमा पुगेर फर्किने क्रममा मङ्गलवार साँझ बेथानचोक–४ चलालगणेश स्थानमा बस दुर्घटनामा १७ जनाको मृत्यु भएको थियो। मृतकहरू सबै आफन्त हुन्।

बनेपा नगरपालिका ११ का ८ जना र १४ नम्बर वडाका चार जनाको मृत्यु भएपछि पुरै नगरपालिका शोकमग्न बनेको ११ नम्बरका वडाध्यक्ष शिवकुमार थापाले बताए। शोकमा नगरपालिकाले बुधवार बिदा दिएको थियो।

बस दुर्घटनामा मृत्यु भएका बनेपा नगरपालिका–११ का ७९ वर्षीया निर्मला तामाङसहित, २७ वर्षीया कोपिला तामाङ, ५५ वर्षीय कुमार तामाङ, ११ वर्षीय पुष्कर तामाङ, २८ वर्षीया मञ्जु तामाङ, ५० वर्षीय आकुर तामाङ, ४३ वर्षीया हेमा तामाङ, ३० वर्षीय बुद्ध तामाङ एकै परिवारका हुन्।

त्यस्तै, ललितपुरको महाङकाल गाउँपालिका घर भई काभ्रेको पनौती–४ बस्ने २२ वर्षीय बस चालक तेजप्रसाद तिमल्सिना, बेथानचोक गाउँपालिका–४ का १९ वर्षीय रविन तामाङ, तेमाल–८ की २९ वर्षीया टिकालक्ष्मी तामाङ, सोही वडाकै ९ वर्षीय गुरुलक्ष्मण दास घिसिङको मृत्यु भएको छ।

काभ्रेको मण्डनदेउपुर–१ की ४१ वर्षीया चेलीमाया तामाङ, बनेपा–१४ का ४२ वर्षीय रामकुमार तामाङ, सोही वडाकै २८ वर्षीया गीता श्रेष्ठ, बेथानचोक–५ की २४ वर्षीया मञ्जु तामाङ र मकवानपुरको इन्द्रसरोवर–१ की ६ वर्षीया समीक्षा थिङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।

रातिको समयमा ओभरस्पिडका कारण बस दुर्घटनामा परेको प्रारम्भिक अनुमान गरिएको छ।

समाचार शेयर गर्नुहोस्
643
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.