पेट्रोलियम पदार्थ

मुल्य समायोजन : नाफा १७, घट्यो ३ रूपैयाँ

मुल्य समायोजन : नाफा १७, घट्यो ३ रूपैयाँ

काठमाडौँ : पेट्रोलियम पदार्थको मूल्य समायोजन भएको छ। भारतीय आयल कर्पोरेसनबाट मूल्य घटेर आयात भएको पेट्रोलियम पदार्थमा नेपाल आयल निगमले मूल्य समायोजन गरेको हो।

उपभोक्ताले शनिवारदेखि पेट्रोल, डिजेल र मटितेल लिटरमा ३/३ रुपैयाँ कम तिरे पुग्नेछ। १८१ रुपैयाँ तिर्नु पर्ने पेट्रोल अब १७८ र १७८ रुपैयाँ रहेको डिजेल/मटितेल १७५ रुपैयाँ कायम गरिएको आय निगमले जनाएको छ।


भारतीय आयल कर्पोरेसनले शुक्रवार पठाएको सूचीअनुसार पेट्रोल प्रतिलिटर ६ रुपैयाँ ९० पैसा, डिजेल १२ रुपैयाँ ३१ पैसा तथा हवाई इन्धन १० रुपैयाँ ६१ पैसा घटेको छ। निगमले भने ३/३ रुपैयाँ मात्रै मूल्य घटाएको छ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेसँगै भारतीय आयल कर्पोरेसनले पेट्रोलियम पदार्थमा घटेको मूल्य सूचि पठाएको हो।

मूल्य घटाउँदा पनि आयल निगमलाई पेट्रोलमा प्रतिलिटर करिब १७ रुपैयाँ, डिजेलमा करिब १० रुपैयाँ नाफा छ। ऋणमा रहेको निगमले आईओसीलाई करिब १३ अर्ब र सरकारलाई ७ अर्ब रुपैयाँ बुझाउन बाँकी रहेको जनाएको छ

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading