दक्षिण कोरियाबाट नेपाल आए कोरेली गाई, बास बस्न पुगे खुमलटार

दक्षिण कोरियाबाट नेपाल आए कोरेली गाई, बास बस्न पुगे खुमलटार

काठमाडौं : नेपालमा दक्षिण कोरियाबाट ३६ वटा कोरेली गाई ल्याइएको छ। कोरेली गाईसँगै ६ वटा प्रजनन राँगा र ३४ लिटर जमेको वीर्य नेपाल ल्याइएको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ।

दक्षिण कोरिया सरकारबाट हिफर इन्टरनेशनलमार्फत नेपाल सरकारलाई प्राविधिक सहायताका रूपमा पहिलो चरणमा ३६ वटा गाई, ६ वटा राँगा र ३४ लिटर जमेको वीर्य नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क सोङ्ग सुले हस्तान्तरण गरे।


कृषि तथा पशुपन्छी विकास मन्त्रालयका पशुपन्छी विकासतर्फका सचिव डा.दीपककुमार खराललाई राजदूत सुले बिहीबार हस्तान्तरण गरेका गाई र प्रजनन राँगा केही दिन नेपाल कृषि अनुसन्धान परिषद् खुमलटारमा राखिने मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सन्जेलले जानकारी दिए।

दक्षिण कोरियाले उपलब्ध गराउन लागेको १०० वटा होल्स्टेन फ्रिजन जातका कोरेली गाई र २० वटा उच्च प्रजनन मानका राँगा मध्ये प्रथम चरणमा बिहीबार साँझ ३६ वटा कोरेली गाई, ६ वटा प्रजनन राँगा र ३४ लिटर जमेको वीर्य आइपुगेको सन्जेलले बताए।

विमानस्थलबाट खुमलटार लगिएका गाई र राँगा पशु प्रजनन कार्यालय पोखरा र लहान कार्यालयमा तथा कमलामाई नगरपालिकामा हस्तान्तरण गरिने मन्त्रालयले जनाएको छ।

मन्त्रालयका प्रवक्ता सन्जेलले नेपालमा उच्च प्रजनन मानका गाइको स्रोत केन्द्र विकास, दूध उत्पादन वृद्धि तथा जातीय विकासमा महत्त्वपूर्ण टेवा पुग्ने अपेक्षा गरिएको बताए।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading