बालुवाटार छोड्न साइत हेर्दै देउवा, बुढानीलकण्ठ नजाने

बालुवाटार छोड्न साइत हेर्दै देउवा, बुढानीलकण्ठ नजाने

695
SHARES

काठमाडौं : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बिहीबार बालुवाटार छोड्ने तयारी गरेका छन्। प्रधानमन्त्रीमा पुष्पकमल दाहाल प्रचण्ड नियुक्त भएपछि निवर्तमान भएका देउवाले बिहीबार बालुवाटार छोड्ने उनको निजी सचिवालयले जनाएको छ।

२०७८ असार २९ मा प्रधानमन्त्री बनेका देउवा साउन १ गते साइत जुराएर बालुवाटार प्रवेश गरेका थिए। ७ दलको समर्थनमा प्रधानमन्त्री प्रचण्ड नियुक्त भएपछि देउवा निवर्तमान बनेका छन्।

देउवा बालुवाटारबाट निजी निवास तत्काल नजाने भएका छन्। निजी निवास बुढानीलकण्ठमा रहेको निवास मर्मत भइरहेकोले महाराजगन्ज या धुम्बाराहीको एक भाडाको घरमा सर्न लागेको देउवामा स्वकीय सचिव भानु देउवाले जानकारी दिए।

घर भाडामा लिन खोजी भइरहेको उनले बताए। ‘निजी निवास ठेकेदारले मर्मत गरिरहेको छ,’स्वकीय सचिव देउवाले पहिचानसँग भने,‘महाराजगन्ज या धुम्बाराहीमा सर्ने तयारी छ, भाडाको घर खोजिरहेका छौ।’

बुढानीलकण्ठस्थित घर केही चर्केकाले मर्मत भइरहेकाले देउवा बालुवाटारबाट भाडाको घरमा डेरा सर्न लागेका हुन्। पहिलो कार्यकालको प्रधानमन्त्री बन्ने देउवाको अडानका कारण नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले ७ दलको समर्थन जुटाएर सरकार गठन गरिसकेका छन्।

प्रधानमन्त्रीमा नियुक्त प्रचण्ड देउवाले बालुवाटार नछोडेका कारण निजी निवास खुमलटारमै बसेका छन्।

समाचार शेयर गर्नुहोस्
695
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.