राष्ट्रपति निर्वाचन : प्रचण्ड र रविको समर्थन पाउनेमा काँग्रेस-एमाले दुवै ढुक्क

राष्ट्रपति निर्वाचन : प्रचण्ड र रविको समर्थन पाउनेमा काँग्रेस-एमाले दुवै ढुक्क

काठमाडौं : निर्वाचन आयोगले राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनको मिति घोषणा गरेको छ। आयोगले फागुन २५ गते राष्ट्रपति र चैत ३ गते उपराष्ट्रपतिको निर्वाचन गर्ने गरी मिति तोकेको हो।

आयोगले २०७४ फागुन २९ गते निर्वाचित राष्ट्रपतिको पदावधि फागुन २८ मा समाप्त हुने जनाएको छ। यस्तै २०७४ चैत ४ मा निर्विरोध निर्वाचित उपराष्ट्रपतिको पदावधि चैत ३ गते समाप्त हुने भएकाले सो अगावै निर्वाचन सम्पन्न गर्ने गरी मिति तोकेको आयोगले जनाएको छ।

राष्ट्रपति निर्वाचनका लागि फागुन १० गते बिहान १० बजेदेखि ११ बजेसम्म मतदाता नामावली प्रकाशन गर्ने, फागुन १३ गते उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने निर्वाचन तालिका सार्वजनिक गरेको छ।

उपराष्ट्रपतिको निर्वाचनका लागि फागुन २७ गते उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने तालिका आयोगले सार्वजनिक गरेको छ।

राष्ट्रपतिमा सत्ता साझेदार नेकपा एमाले र प्रतिपक्षी नेपाली काँग्रेसले उम्मेदवारी दिने तयारी गरेका छन्। दुवै दलले राष्ट्रपतिमा नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीको समर्थन आफ्ना उम्मेदवारमा हुने दाबी समेत गरेका छन्।

एमालेका नेता तथा पूर्वमन्त्री शेरबहादुर तामाङले पदीय भागबन्डाको आधारमा राष्ट्रिय सहमतिको कुनै प्रयास नहुने बताए। उनले राष्ट्रपतिमा प्रचण्डको समर्थन एमालेले पाउने दाबी गरे। एमालेका महासचिव शङ्कर पोख्रेलले राष्ट्रपतिमा नेपाली काँग्रेसले दाबी गर्न नमिल्ने बताए। राष्ट्रपति दाबी गर्न काँग्रेसले सत्ता पक्षका रूपमा घोषणा गर्नुपर्ने उनले बताए।

नेपाली काँग्रेसका नेता चन्द्र भण्डारीले भने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने प्रस्तावक र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको समर्थनमा काँग्रेसले राष्ट्रपतिको निर्वाचनमा भाग लिने बताएका छन्। उनले एमाले अध्यक्ष केपी ओलीको सहानुभूति समेत काँग्रेसका उम्मेदवारले पाउने दाबी गरे।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading