पर्यटक प्रहरीलाई चिनियाँ भाषा

पर्यटक प्रहरीलाई चिनियाँ भाषा

886
SHARES

काठमाडौँ : इमर्सन म्यानडरिन एकेडेमी (आईएमए)ले पर्यटक प्रहरीलाई निःशुल्क चिनियाँ भाषा पढाउन थालेको छ। इस्ट चाइना युनिभर्सिटी अफ टेक्नोलोजीसँगको सहकार्यमा गत फेब्रुअरी १ बाट एकेडेमीले प्रहरीहरूलाई चिनियाँ भाषा पढाउन थालेको हो।

एकेडेमीकी निर्देशक प्रमिला तामाङ, नेपाल पर्यटन बोर्डका महानिर्देशक होमप्रसाद लुइँटेल, पर्यटक प्रहरीका डिएसपी सुगन्ध श्रेष्ठ, इस्ट चाइना युनिभर्सिटीका प्राध्यापक सिन लुकाओले कक्षा सञ्चालन शुभारम्भ गरेका थिए।

पर्यटक प्रहरीका तर्फबाट लक्ष्मण राउत, कुमारबहादुर खड्का, सुनिता नेपाल, शुभराज महतारा र सुनिल श्रेष्ठले पहिलो चरणमा चिनियाँ भाषा सिक्ने भएका छन्।

नेपाल प्रहरीका पर्यटक प्रहरीलाई चिनियाँ पर्यटकसँग कुराकानी गर्न सहज होस् भन्ने उद्देश्यले कक्षा सञ्चालन गरिएको एकेडेमीकी निर्देशक तामाङ बताउँछिन्।


यस्तै चिनियाँ पर्यटकले कुनै प्रकारको समस्या भोगेमा त्यसको समाधान गर्न सहज होस् भन्ने अभिप्रायले कक्षा सञ्चालन गरिएको उनले बताइन।

पर्यटन बोर्डका महानिर्देशक लुइँटेलले चिनियाँ भाषा कक्षाले पर्यटक प्रहरीलाई चिनियाँ पर्यटकसँग सञ्चार गर्न र उनीहरू कुनै समस्या परे तत्काल समाधान गर्न सहज हुने बताए।

प्राध्यापक लु काओले चिनियाँ भाषा कक्षाले चीन र नेपालबिचको सञ्चार सम्बन्धलाई अझ प्रगाढ बनाउने बताए। यस्तै उनले यस कदमलाई आदानप्रदान कार्यक्रमको सुरुआत मात्र भएको र भविष्यमा थप कार्यक्रम गरिने बताए।

कक्षा अवधि दुई महिनाको हुनेछ। चिनियाँ भाषा सिक्न आएका पर्यटक प्रहरीहरू उत्साही भएको एकेडेमीले दाबी गरेको छ।

समाचार शेयर गर्नुहोस्
886
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.