प्रेम एकातिर, विवाह अर्कोतिर…

प्रेम एकातिर, विवाह अर्कोतिर…

काठमाडौं : प्रसिद्ध साहित्यकार विलियम सेक्सपियरद्वारा लिखित नाटक ‘टुभेल्थ नाइट’ काठमाडौँमा मञ्चन गरिएको छ।

करिब १ घण्टा १० मिनेट लामो उक्त नाटक पाठशाला नेपालको प्रस्तुतिमा थापा गाउँस्थित पाठशाला स्कुलको थिएटरमा प्रस्तुत गरिएको हो।

नाटकको निर्देशन ओजस्वी भट्टराई र सौरभ न्यौपानेले गरेका हुन्। अङ्ग्रेजी र नेपाली दुवै भाषामा संवादको सम्मिश्रण नाटकमा छ। नाटकको केही अंशको नेपालीकरण पनि नाट्य निर्देशक भट्टराईले नै गरेकी हुन्।

असल पुडासैनी, समिरन चालिसे, सदीक्षा भण्डारी, दर्शना नेपाल, सौर्य नरसिंह थापालगायतका २२ जना कलाकारले नाटकमा अभिनय गरेका छन्।

ती कलाकारहरू पाठशाला नेपालका कक्षा ८ र ९ का विद्यार्थी हुन्। काल्पनिकता र हाँसोले भरिएको नाटकमा त्रिकोणात्मक प्रेम प्रसङ्गलाई देखाइएको छ।


सेक्सपियरले १६ औ शताब्दीमा यो नाटक लेखेका हुन्। प्रेम एकातिर र विवाह अर्कोतिर भएर समापन हुने यस नाटकमा भ्रम र यथार्थको सम्मिश्रणले एकापसको आकर्षणको साङ्लो चुँडिएको देखाइएको छ।

यो नाटक गत माघ १३ र १४ गते नेपाल प्रज्ञाप्रतिष्ठानमा आयोजित पाठशाला साँझमा पनि देखाइएको थियो। निर्देशकको मिहिनेत र कलाकारको प्रस्तुतिलाई दर्शकले रुचि राखेकोले शनिवार पनि एक सो देखाइएको आयोजकले जनाएको छ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.