निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

भूकम्प : टर्कीमा रहेका नेपाली सुरक्षित

भूकम्प : टर्कीमा रहेका नेपाली सुरक्षित

844
SHARES

काठमाडौं : दक्षिण–पूर्वी टर्कीस्थित गाजीयान्टेपमा ७ दशमलव ८ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ।

भूकम्पका कारण हताहती तथा मानवीय क्षति भएको टर्कीको इस्तानबुल, अँकारा, इज्मिर, अन्टालिया, बोडुर्म लगायतका स्थानमा २ हजार देखि २ हजार ५ सय नेपालीको बसोबास रहेको गैरआवासीय नेपाली सङ्घले जनाएको छ।

भूकम्पको केन्द्रबिन्दु दक्षिण–पूर्वी टर्कीस्थित गाजीयान्टेपमा भने थोरै सङ्ख्यामा नेपाली रहेको जानकारी पाएको सङ्घले निकालेको विज्ञप्तिमा उल्लेख छ। सङ्घका अनुसार त्यहाँस्थित नेपाली अहिले राष्ट्रिय समन्वय परिषद् (एनआरएनए, एनसीसी) टर्कीसँग प्रत्यक्ष सम्पर्कमा छन्।

भूकम्पमा हालसम्म कुनै नेपालीको क्षति नभएको जानकारी प्राप्त भएको सङ्घले जनाएको छ। सङ्घले गाजीयान्टेपबाट सम्पर्कमा जोडिएका नेपालीले आफूहरू सुरक्षित रहेको बताएका उल्लेख गरेको छ।

सङ्घले त्यहाँस्थित सम्पूर्ण नेपालीलाई सुरक्षित रहन र सम्पर्कमा रहन अनुरोध गरेको छ।

भूकम्पका कारण कोही नेपाली प्रभावित भएको वा समस्या परेको भए तुरुन्त गैरआवासीय नेपाली सङ्घ (एनआरएनए एनसीसी) टर्कीका अध्यक्ष उज्ज्वल कुमार घिसिङ, महासचिव विनोद पौडेल वा गैरआवासीय नेपाली सङ्घको सचिवालयमा सम्पर्क राख्न सङ्घले अनुरोध पनि गरेको छ।

सम्पर्कका लागि

एनआरएनए टर्कीका अध्यक्ष उज्ज्वल कुमार घिसिङ: 00-905522778593

महासचिव विनोद पौडेल : 00-905372777196

गैरआवासीय नेपाली सङ्घ सचिवालय : 977-014411530

भूकम्पपछि टर्कीले सङ्कटकाल घोषणा गर्दै अन्तर्राष्ट्रिय सहयोगका लागि अपिल गरेको बीबीसीले जनाएको छ।

तस्बिर : बीबीसी

समाचार शेयर गर्नुहोस्
844
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.