निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

तानसेन नगरकी उपप्रमुखले भनिन्, पहिचान खुलाएर लड्न आग्रह गर्छु

तानसेन नगरकी उपप्रमुखले भनिन्, पहिचान खुलाएर लड्न आग्रह गर्छु

657
SHARES

पाल्पा : पाल्पाको तानसेन नगरपालिकाका नगर उपप्रमुख प्रतीक्षा सिंजाली मगरले आगामी आर्थिक वर्ष २०८०÷२०८१ को बजेट तथा कार्यक्रममा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदाय समावेश गर्ने आश्वासन दिएकी छन्।

एक्लोलाई सहारा दिने वृक्ष समूह रुपन्देहीले स्थानीय सरोकारवाला निकाय तथा पत्रकारहरूसँग गरेको नगर उपप्रमुख मगरले अहिलेसम्म बजेट तथा कार्यक्रममा समावेश गर्न यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायबाट कुनै आग्रह नआएको बताइन। ‘हामीलाई पनि नगरको बजेट तथा कार्यक्रममा समावेश गर्नु पर्याे भनेर कोही सदस्य आउनु भएको छैन’उनले भनिन्।

उनले समुदायका प्रतिनिधि पात्रहरू देखे पनि गहिरिएर बुझ्न नपाएको सुनाइन। उनले भनिन्,‘यो समुदाय भित्र यति धेरै समस्याहरू रहेछन्।’

उपप्रमुख सिंजाली मगरले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायहरू हरेक सहरमा मात्र नभएर गाउँ गाउँमा पनि हुने हुँदा कार्यक्रमहरू सहर मुखी नभई गाउँ मुखी गर्नु पर्ने सुझाव दिइन। ‘प्यास लाग्ने नै हो पानी खोज्दै खोली धाउने हो,’उनले भनिन्,‘आफ्नो अधिकार प्राप्तिको लडाइँमा आफू ढुक्कका साथ आफ्नो पहिचान खुलाएर लड्न आग्रह गर्छु।’

उनले खुलेर अगाडि आए साथ दिने प्रतिबद्धता जनाइन। ‘हामीले आँखामा पट्टि बाँधेर बसेका रहेछौ, आज तपाईँहरूले आयोजना गरेको यो कार्यक्रमले आँखा खोलिदिएको छ,’उनले भनिन्,‘अब तानसेन नगरपालिकाका सबै नगर देखी वडा सम्मका जनप्रतिनिधिहरूले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका हरेक मुद्दाहरूमा निष्पक्ष तवरले लागी पर्ने र नगरका हरेक कार्यक्रम तथा बजेटमा समावेश गर्ने प्रतिबद्धता जनाउँछु।’

एक्लोलाई साहारा दिने वृक्ष समूह रुपन्देहीका अध्यक्ष अस्मिता रानाको अध्यक्षता, तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोष लाल श्रेष्ठ, उपप्रमुख प्रतीक्षा सिंजाली मगर, पत्रकार महासङ्घ पाल्पा जिल्ला अध्यक्ष रेखी राम राना, ओपन सोसाइटी फाउन्डेसन अन्तरगत एक्लोलाई सहारा दिने वृक्ष समूहका लुम्बिनी प्रदेश संयोजक रेसम न्यौपाने, मानव अधिकारकर्मी तेस्रोलिंगी महिला अवन्तिका घर्ती मगर तथा मानव अधिकारकर्मी विनोद बि.सी.ले कार्यक्रममा मन्तव्य राखेका थिए।

समाचार शेयर गर्नुहोस्
657
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.