प्रधानमन्त्री प्रचण्डको पहिलो भ्रमण भारत कि अमेरिका?

प्रधानमन्त्री प्रचण्डको पहिलो भ्रमण भारत कि अमेरिका?

काठमाडौं : नेपालमा नयाँ सरकार बनेसँगै विदेशी दूतहरूको लर्को लाग्न थालेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पहिलो विदेश भ्रमण गराउन अमेरिका र भारतको प्रतिस्पर्धा भइरहँदा कम्युनिस्ट नेतृत्वको सरकारलाई चीनले भने नजिकबाट नियालेर बसेको छ।

भारत र अमेरिकी दूतहरू नेपालमा सक्रिय रहँदा चीन भने अहिले सम्म मौन देखिएको कूटनीतिज्ञहरूले टिप्पणी गरेका छन्। अमेरिकी सुरक्षा सल्लाहकार सामन्त पावरले नेपाल भ्रमण गरेको केही दिनमै भारतबाट पहिलो औपचारिक भ्रमण भएको छ।

नेपालको पहिलो औपचारिक भ्रमणमा भारतीय विदेश सचिव विनय मोहन क्वात्रा काठमाडौँ आएका छन्। दुई दिने नेपाल भ्रमणमा आएका क्वात्राले नेपाल–भारत परराष्ट्र सचिव स्तरीय संयन्त्रको बैठकमा सहभागी जनाए।

संयन्त्रको बैठकमा आर्थिक र विकास सहयोगलाई थप सुदृढ गर्न नेपाल र भारत सहमत भएका छन्। बैठकले दुवै देशको आर्थिक र विकास सहयोगलाई थप सुदृढ गर्ने सहमति गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

परराष्ट्र मन्त्री विमला राईले गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि नयाँ अन्तर्राष्ट्रिय हवाई रुटका सम्बन्धमा क्वात्रासँग छलफल भएको बताएकी छन्।

बैठक लगत्तै भेटघाटमा सक्रिय क्वात्राले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड, परराष्ट्र मन्त्री विमला राई पौडेल, काँग्रेस सभापति शेरबहादुर देउवासँग भेट गरेका छन्।


प्रधानमन्त्री प्रचण्डसँगको भेटमा सचिव क्वात्राले समकक्षी नरेन्द्र मोदीको सन्देश सुनाएका छन्। उनले प्रधानमन्त्री प्रचण्डलाई भारत भ्रमणको निम्तो दिएका स्रोतले बताएको छ। प्रचण्डका प्रेस संयोजक सूर्य किरण भने भ्रमणको निम्तो दिएको विषयमा आफू जानकार नरहेको बताउँछन्।

नेपालका नयाँ प्रधानमन्त्री प्राय सबैको पहिलो विदेश भ्रमण भारतबाटै हुने गरेको छ। प्रधानमन्त्री प्रचण्डलाई यसअघि अमेरिकाले आफ्नो देश भ्रमणको निम्तो दिइसकेको छ। अमेरिकाले निम्तो दिएपछि भारतको भ्रमणको निम्तो आएको हो।

कूटनीतिज्ञ लोकराज बरालले अहिले अमेरिकाको नेपाल भ्रमण बढी देखिएको बताए। ‘भारतको त्यति छैन, अमेरिकाको अलि बढ्या छ, उनीहरूले विकासका लागि हो भन्छन्,’उनले भने,‘यो सामान्य हो।’

अमेरिकी राष्ट्रपतिले लोकतान्त्रिक सम्मेलनमा प्रधानमन्त्री प्रचण्डलाई निम्तो दिनु सकारात्मक रहेको बताए। ‘कम्युनिस्ट भए पनि माओवादी भए पनि रूपान्तरण भएर उदार लोकतान्त्रिक व्यवस्थामै पसिसकेका छन्,’बरालले भने,‘अमेरिकाले सामान्य रूपमा सम्बन्ध राख्न कोसिस गरेको छ।’

नेपालमा विदेश भ्रमणको निम्तो कम हुन थालेको उनले बताए।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading