सर्वोच्च कायममुकायमको भरमा, विधिको शासन अनुकूल मान्न नसकिने बारको निष्कर्ष

सर्वोच्च कायममुकायमको भरमा, विधिको शासन अनुकूल मान्न नसकिने बारको निष्कर्ष

498
SHARES

काठमाडौं : सर्वोच्च अदालत एक वर्षदेखि कायममुकायम प्रधानन्यायाधीशको भरमा चलिरहेको छ।

तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणामाथि महाभियोग प्रस्ताव दर्ता भएको गत वर्ष फागुन १ गतेदेखि सर्वोच्च अदालत कायममुकायमको भरमा चलिरहेको छ।

न्यायपालिकाको नेतृत्वको रूपमा रहेको सर्वोच्च अदालतको प्रधानन्यायाधीशको नियुक्ति संवैधानिक प्रावधान अनुसार समयमै हुनुपर्नेमा करिब १ वर्ष भन्दा लामो सममयदेखि कायममुकायम नेतृत्वमै चल्नु पर्ने अवस्था रहनु संवैधानिक व्यवस्था, लोकतन्त्र र विधिको शासन अनुकूल मान्न नसकिने नेपाल बार एसोसिएसनले निष्कर्ष निकालेको छ।

प्रधानमन्त्री प्रचण्ड आफैँ अलमलमा पर्दा चोलेन्द्रको महाभियोग डिसमिस

बार एसोसिएसनले प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया अविलम्ब सुरु गर्न माग गरेको छ। बारका अध्यक्ष गोपालकृष्ण घिमिरे र महासचिव अन्जिता खनालले संयुक्त विज्ञप्ति निकालेर प्रधानन्यायाधीशको नियुक्ति गर्न सम्बद्ध निकाय तथा पदाधिकारीहरूको ध्यानाकर्षण गराएका हुन्।

‘स्वतन्त्र, सक्षम र उत्तरदायी न्यायपालिका नेपाल बार एसोसिएसनको सरोकारको विषय हो। न्यायपालिकालाई स्वतन्त्र, सक्षम र उत्तरदायी बनाउन त्यसको नेतृत्वमा पूर्णता एवं पदको सुनिश्चितता अपरिहार्य छ।’बारले निकालेको विज्ञप्तिमा लेखिएको छ।

संसद्का महासचिवलाई प्रश्न : निलम्बन फुकुवाको पत्र दिने व्यवस्था कहाँ छ?

समाचार शेयर गर्नुहोस्
498
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.