महाशिवरात्रि तथा सेना दिवस

मादल बजाएर सेनाको विश्व कीर्तिमान

मादल बजाएर सेनाको विश्व कीर्तिमान

काठमाडौं : देशका विभिन्न स्थानहरूमा तैनाथ एवं विदेशस्थित नेपाली सेनाका सबै इकाईहरूले नेपाली सेना स्थापनाको २६० औँ वार्षिकोत्सवका अवसरमा सेना दिवस २०७९ विविध कार्यक्रमहरूसहित मनाइरहेका छन्।

महाशिवरात्रि तथा सेना दिवस २०७९ टुँडिखेलस्थित सैनिक मञ्चमा विशेष कार्यक्रमहरूसहित मनाइएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको वार्षिक प्रकाशन सिपाही २०७९ तथा नेपाली सेनाको इतिहास वि.सं. १८७२/२००७ नामक पुस्तकको विमोचन गरिन।

फ्रिफल जम्पमा प्रथम र द्वितीय हुने सेनानी जगनाथ दनै र सेनानी टेक बहादुर कार्कीलाई राष्ट्रपति भण्डारीले पुरस्कृत गरिन। राष्ट्रपतिले भारतीय सेना तथा बेलायती सेनाको ब्यान्डलाई उपहार पनि प्रदान गरेकी छन्।

समारोहमा नेपाली सेनाको हेलिकप्टरद्वारा नेपालको राष्ट्रिय झन्डा लगायत विभिन्न ब्यानर प्रदर्शन सहित पुष्पवृष्टि गरिएको थियो। त्यस्तै राइफल र तोपबाट बढाइँ गरिएको थियो।

नेपाली सेनाका विभिन्न अङ्गहरू तथा गतिविधिहरूको प्रतिनिधित्व हुने झलकहरूका साथै सैनिक हतियार, उपकरण र विविध सैनिक कला प्रदर्शन, मार्चपाष्ट, फ्रिफल जम्प लगायत विभिन्न संस्कृति झल्कने नाच एवं झाँकी प्रस्तुत गरिएको थियो।

मादलमा विश्व रेकर्ड

नेपाली सेनाले एकै पटक पाँच सय ५५ वटा नेपाली मौलिक बाजा मादल बजाएर विश्व कीर्तिमान कायम गरेको छ।

महाशिवरात्रि तथा सेना दिवसका अवसरमा शनिवार सैनिक मञ्च टुँडिखेलमा आयोजित समारोहमा प्रधानसेनापति प्रभुराम शर्मालाई सेनाले मादलमा कायम गरेको कीर्तिमानको प्रमाणपत्र गिनिजबुक अफ वर्ल्डका नेपाल प्रतिनिधि हस्तान्तरण गरेका छन्।

सेनाले सङ्गठन स्थापनाको दुई सय ६०औँ वार्षिकोत्सव अवसरमा टुँडिखेलमा यही फागुन ४ गते उक्त सङ्ख्यामा मादल बजाएर विश्व रेकर्ड कायम गरेको प्रमाणपत्र संस्थाका नेपाल प्रतिनिधि सागर कटुवालले शनिवार हस्तान्तरण गरे।

मादल नेपाली समाजमा अत्यधिक प्रयोगमा आउने बाजामध्ये प्रमुख मानिन्छ। नेपाली मौलिक चाड दसैँ, तिहार, सक्रान्ति, देउसी, भैलो, जात्रालगायतका अरू विभिन्न चाडपर्वमा सबै जाति र समुदायले अपनत्व ग्रहण गर्ने साझा बाजाका रूपमा मादललाई लिने गरिन्छ।

गिनिजबुक अफ वर्ल्ड रेकर्ड संस्थाका नेपाल प्रतिनिधि सागर कटुवालले मुलुकभरबाट जम्मा भएका सेनाका मादल वादकले कायम गरेको रेकर्डको प्रमाणपत्र हस्तान्तरण गरिएको जानकारी दिए।

भारतका ४ पूर्वसेनाध्यक्ष काठमाडौं आए, ५५५ जनाले मादल बजाउने

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading