आइसिसी डिभिजन लिग टु

स्कटल्यान्डमाथि नेपालको ऐतिहासिक जित, सन्दीपले युएईको खेल गुमाउने

स्कटल्यान्डमाथि नेपालको ऐतिहासिक जित, सन्दीपले युएईको खेल गुमाउने

काठमाडौं : नेपालले आइसिसी डिभिजन लिग टु को विजेता बनिसकेको स्कटल्यान्ड माथि अविस्मरणीय र ऐतिहासिक जित निकालेको छ।

घरेलु मैदानमा नामिबिया, स्कटल्यान्ड र नेपाल सम्मिलित त्रिदेशीय सिरिजको अन्तिम खेलमा आइसिसी डिभिजन लिग टु को विजेता बनिसकेको स्कटल्यान्ड माथि २ विकेटको जित निकाल्दै नेपालले घरेलु मैदानमा त्रिदेशीय सिरिज नै क्लीन स्वीप गर्‍यो।

नेपाली टोली सम्हालेको डेब्यु खेलमै पाएको सफलतापछि मुख्य प्रशिक्षक मोन्टी देशाईले सबै खेलाडीलाई बधाई दिँदै विशेष गरी दर्शकलाई सम्झिएका छन्। नेपाली क्रिकेट टोलीको जितमा खेलाडीको प्रदर्शनलाई लिएर तारिफको कुनै शब्द नरहेको उनले बताए।

उनले दर्शकको हौसला पनि महत्त्वपूर्ण रहेको बताए। सधैँ भरी नेपाली क्रिकेटको हौसला बढाउन यति धेरै दर्शकको माया पाई राख्न आफूले प्रार्थना गरिरहने समेत उनले सुनाए।

जितका लागी स्कटल्यान्डले दिएको २ सय १३ रनको लक्ष्य पछ्याएको नेपालले दोस्रो ओभरको पहिलो बलमा एक रन मात्र जोडेको अवस्थामा कुशल भुर्तेललाई पहिलो विकेटको रूपमा गुमाएपछि धरमराएको नेपालको ब्याटिङ लाइन निकै कमजोर बन्न पुग्यो।

बलात्कार आरोपी सन्दीपको अन्तर्राष्ट्रिय क्रिकेटमा विवादास्पद पुनरागमन

एकपछि अर्को विकेट गुमाउने क्रममा छैटौँ ओभरको ५ औँ बलमा आशिफ शेखलाई गुमायो। त्यतिबेला नेपालले जम्मा १९ रन जोड्दा २ विकेट पतन भैसकेको थियो।

दोस्रो नम्बरमा ब्याटिङ गर्न आएका ज्ञानेन्द्र मल्ल पनि सस्तैमा समेटिएपछि तेस्रो नम्बरमा ब्याटिङमा आएका कप्तान रोहित पौडेलले नेपाललाई जित दिलाए।

९५ रनमा अविजित रहँदै जित दिलाएका उनले टिममा पहिले नै सल्लाह भएअनुसार आफूले विकेट बचाउँदै खेलेको बताए। नेपालको जितमा कप्तान रोहित पौडेल र करण केसीले कीर्तिमानी ७५ रनको साझेदारी गरे।

ओपनरका रूपमा मैदान उत्रिएका कुशल भुर्तेल र आशिफ शेख दुवै जना सस्तैमा समेटिएपछि दबाबमा आएको नेपाललाई लगातार ८ विकेट गुमाइसकेको अवस्थामा पौडेल र केसीले जित दिलाए।

स्कटल्यान्डलाई सस्तैमा समेट्ने क्रममा बलिङतर्फ नेपालका सन्दीप लामिछानेले सर्वाधिक ४ विकेट लिए। करण केसीले ३ विकेट हात पार्दा ललित राजवंशी र कुशल मल्लले एक/एक विकेट लिए।

घरेलु मैदानमा सन्दीपको प्रदर्शनले चौतर्फी चर्चा बटुले पनि अबको तीन दिनपछि युएईमा नेपालले खेल्ने खेलमा सन्दीप जान पाउने छैनन्। किशोरी बलात्कार आरोप लागेका सन्दीपलाई अदालतले विदेश जान नपाउने गरी धरौटीमा छाडेकाले विदेशमा हुने खेल उनले गुमाउनेछन्।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading