आइसिसी विश्वकप

सर्वोच्चको सुविधामा युएई जाने सन्दीपको सम्भावना न्यून, आइसिसीको आनाकानी

सर्वोच्चको सुविधामा युएई जाने सन्दीपको सम्भावना न्यून, आइसिसीको आनाकानी

काठमाडौं : बलात्कार आरोपी क्रिकेटर सन्दीप लामिछानेले तत्काल विदेश गएर खेल्ने सम्भावना न्यून बन्दै गएको छ।

सर्वोच्च अदालतको आदेशले विदेश जाने बाटो खुल्ला भएका लामिछानेले आइसिसी विश्वकप लिग २ को युएईमा जारी खेल गुमाउने लगभग पक्का जस्तै भएको नेपाल क्रिकेट सङ्घ क्यानले जनाएको छ।

लामिछानेलाई युएईमा लगेर खेलाउन क्यानले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसिसीलाई पत्र पठाइसकेको छ। अदालतले ढिला आदेश दिँदा युएई विरुद्धको खेलमा टोलीको घोषणा गर्दा उनको नाम समेट्न नसक्दा आइसिसीले आनाकानी गरिरहेको क्यानले बताएको छ।

खेलाडी घाइते भएमा मात्रै टोलीमा रहेको नाम फेरबदल गर्न पाउने नियमका कारण अहिले यसै भन्ने अवस्था नरहेको क्यानका महाप्रबन्धक वृत्तान्त खनालले बताए। ‘खेलाडी घाइते भए बाहेक चेन्ज गर्न पाइँदैन,तर पनि हामीले प्रयास गरिरहेका छौ,’खनालले भने,‘लेट्स सी अहिले ठोस रूपमा भन्न सक्ने केही पनि छैन।’

सन्दीपलाई सर्वोच्चको सुविधा, आइसिसी विश्वकप लिग खेल्न युएई जाने

सन्दीपको बारेमा केही जटिलता अझै पनि देखिएकाले सन्तोष जनक सम्भावना नरहेको खनालले बताए। ‘जटिलता अझै पनि छ, सन्दीपको भ्यालु हामीलाई पनि थाहा छ, युएई र आइसिसीलाई पनि थाहा छ,’उनले भने,‘प्रयास गर्दा गर्दै पनि सहभागी गराउन सकिने अवस्था देखिएको छैन।’

सन्दीप नेपालमै अड्किने सम्भावना बढ्दै जाँदा बुधवार नेपालले लिग २ मा प्रमुख प्रतिस्पर्धी युएईसँग खेल्दैछ। शीर्ष तीनमा रहेर विश्वकपको छनौट खेल्न नेपालले युएईलाई हराउनुपर्नेछ।

मङ्गलवार भएको खेलमा युएई पिएनजीसंग १३१ रनले पराजित भएसँगै नेपाललाई अबको यात्रा थप सजिलो भने पक्कै बन्ने देखिएको छ।

घरेलु मैदानमा शत प्रतिशत जित निकाल्दै सिरिज क्लीन स्वीप गरेको नेपाली टोलीले मुख्य प्रशिक्षक मोन्टी देशाईको आगमनपछि सशक्त प्रदर्शन गरेको छ। ओडिआई सिरिजमा कीर्तिमानी लगातार चौथो जित निकालेको नेपाल पाँचौँ जितको खोजीमा छ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading