सन्दीपलाई सर्वोच्चको सुविधा, आइसिसी विश्वकप लिग खेल्न युएई जाने

सन्दीपलाई सर्वोच्चको सुविधा, आइसिसी विश्वकप लिग खेल्न युएई जाने

काठमाडौं : युएईमा जारी आइसिसी विश्वकप लिग टु क्रिकेटमा नेपालले पिएनजीलाई हराएको छ। सोमबार भएको खेलमा पपुवा न्यु गिनी पिएनजीलाई ४ विकेटले हराउँदै नेपालले घरेलु मैदानमा निकालेको जितलाई निरन्तरता दिएको छ।

यो सँगै नेपालले आफ्नो ओडिआई इतिहासमा पहिलो पटक लगातार पाँच खेल जितेको छ। जितका लागि पपुवा न्यु गिनीले दिएको २०४ रनको लक्ष्य पछ्याएको नेपालले ४५ दशमलव २ ओभरमा ६ विकेट गुमाएर भेट्टायो।

नेपालको जितमा कुशल भुर्तेलले सर्वाधिक ५६ रन जोडे। आशिफ शेखले ४४ रनको योगदान गर्दा आरिफ शेखले ३७ रन जोडे। कप्तान रोहित पौड्यालले २० तथा दीपेन्द्र सिं ऐरीले १८ रनको योगदान गरे।

बलिङतर्फ अशाद भालाले ३ तथा नोरमान भानु र सेसे बौले एक/एक विकेट लिए। जीतसँगै नेपालको शीर्ष पाँचमा रहँदै सिधै एक दिवसीय मान्यता पाउने सम्भावना पनि बलियो बनेको छ। प्रतियोगितामा कमजोर मानिएको पिएनजीसंग सहज जित निकालेको नेपालले अब बुधवार युएईसँग खरो प्रतिस्पर्धा गर्नुपर्नेछ।

सन्दीप लामिछानेको मुद्दामा ‘उदार’ आदेश, उल्लङ्घन गरे फेरी थुनामा पठाइने

नेपालको मुख्य हतियारको रूपमा रहेका स्पिनर सन्दीप लामिछानेलाई विदेशमा गएर खेल्न दिने सर्वोच्च अदालतको आदेशले नेपाली क्रिकेट थप मजबुत बन्ने अपेक्षा गरिएको छ। घरेलु मैदानमा सिरिज क्लिन स्विप गरेको नेपाली टोलीका लागी लामिछानेले ४ खेलमा १३ विकेट लिएका थिए।

सर्वोच्चले काठमाडौं जिल्ला अदालतमा विचाराधीन मुद्दाको छिटो सुनुवाइ गर्न समेत आदेश दिएको सर्वोच्च अदालतका प्रवक्ता बिमल पौडेलले जानकारी दिए।

‘प्रतिवादी राष्ट्रिय एवं अन्तर्राष्ट्रिय खेलाडी भई सार्वजनिक चासोको विषय भएकोले शीघ्र सुनुवाइ फास्ट ट्र्याकबाट प्रक्रिया अवलम्बन गरी छिटो कारबाही किनारा गर्नु भनी काठमाडौं जिल्ला अदालतलाई जानकारी दिई नियमानुसार गर्नु,’पौडेलले आदेश सुनाउँदै भने,‘प्रस्तुत निवेदन बन्द इजलासबाट सुनुवाइ भएकाले यो आदेशको प्रतिलिपि सम्बन्धित जाहेरवाला, प्रतिवादी र निजका कानुन व्यवसायीलाई मात्र उपलब्ध गराई सो आदेश सामाजिक सञ्जालमा समेत अपलोड नगर्नु नगराउनु।’

न्यायाधीशहरू सपना प्रधान मल्ल प्रधान र कुमार चुडालको संयुक्त इजलासले लामिछानेलाई धरौटीमा छोड्ने उच्च अदालत पाटनको आदेश पनि सदर गरेको छ। अदालतले लामिछानेको राहदानी रोक्का रहेको भए फुकाउन समेत आदेश दिएको छ। सबै प्रतिबन्ध फुकुवा भने भएको छैन।

खेल सकिएपछि १५ दिनभित्र सम्बन्धित अदालतमा उपस्थित नभए लामिछानेको सुविधा फिर्ता लिने सर्त राखिएको अदालतका प्रवक्ता पौडेलले जानकारी दिए।

‘नेपालको तर्फबाट सहभागी भई कुनै पनि विदेशमा क्रिकेट खेल्न गएको भएमा खेल समाप्त भई उपलब्ध यातायात साधन जस्तै हवाईजहाजबाट स्वदेश फर्कन लाग्ने युक्ति सङ्गत म्याद बाहेक १५ दिन भित्र सम्बन्धित मुद्दा हेर्ने अदालतमा उपस्थित भई स्वदेश फर्किएको जानकारी दिनु दिलाउनु,’आदेशमा भनिएको छ,‘यस सर्तको उल्लङ्घन गरेमा उक्त सुविधा फिर्ता लिने भन्ने ब्यहोरा सन्दीप लामिछानेलाई गराउनु।’

विरोधमा प्रदर्शन

क्रिकेटर सन्दीप लामिछाने र पल शाहको पक्षमा फैसला गरेको भन्दै अदालतविरुद्ध प्रदर्शन भएको छ। बलात्कार घटनाका आरोपीको पक्षमा फैसला गरेको भन्दै केही युवाहरूले अदालतविरुद्ध प्रदर्शन गरेका हुन्।

अदालतमा पितृ सत्ता हाबी भएकाले बलात्कार आरोपीलाई सफाइ दिएको प्रदर्शनकारीको आरोप छ। छोरीहरू असुरक्षित भएको उनीहरूले बताएका छन्।

जबरजस्ती करणी अभियोगमा उच्च अदालत पोखराबाट सफाइ पाएका अभिनेता पल शाह सोमबार नै रिहा भएका छन्।

उच्च अदालत पोखराका न्यायाधीशद्वय डिल्लीराज आचार्य र श्रीधरा कुमारी पुडासैनीको इजलासले शाहमाथि लागेको अभियोग पुष्टि नहुने भन्दै सफाइ दिने फैसला गरेको भोलिपल्ट पल रिहा भएका हुन्।

बलात्कार आरोपी सन्दीपको अन्तर्राष्ट्रिय क्रिकेटमा विवादास्पद पुनरागमन

स्कटल्यान्डमाथि नेपालको ऐतिहासिक जित, सन्दीपले युएईको खेल गुमाउने

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading