स्ववियु निर्वाचन : सत्ता र प्रतिपक्षीको गठबन्धन  

स्ववियु निर्वाचन : सत्ता र प्रतिपक्षीको गठबन्धन  

काठमाडौं : स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन चैत ५ गते हुँदैछ। बिहान ८ देखि अपराह्न ४ बजेसम्म मतदान हुने समय तोकिएको छ। स्ववियु चुनाव १४ वर्षपछि हुन लागेको हो। त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा  हुने स्ववियु चुनावका लागि विद्यार्थी सङ्गठन दर्ता गरिएका छन्। 

एक दुई क्याम्पसबाहेक देशभरि सबै क्याम्पसमा विद्यार्थी सङ्गठनले आ–आफ्ना सङ्गठन दर्ता गराएका त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले जानकारी दिए। अब विगत १४ वर्षदेखि नियमित हुन नसकेको स्ववियु निर्वाचन हुने सुनिश्चित भएको उनले बताए। 

निर्वाचन कार्यतालिका अनुसार शुक्रवार विद्यार्थी सङ्गठन दर्ता गर्ने समय तोकिएको थियो। निर्देशनालयका निर्देशक अधिकारीले उपत्यकामा एउटा क्याम्पसबाहेक सबै क्याम्पसमा विद्यार्थी सङ्गठन दर्ता भएको जानकारी दिए। 

उपत्यकाबाहिर लमजुङको कृषि क्याम्पसमा फागुन २१ गतेका लागि विद्यार्थी सङ्गठन दर्ताको समय तोकिएको छ। उपत्यकामा २१ आङ्गिक क्याम्पसमा सङ्गठन दर्ता भएको छ।

त्रिवि केन्द्रीय क्याम्पसमा १९, पुलचोक इन्जिनियरिङमा सात, नेपाल ल क्याम्पसमा १७, पद्म कन्या बहुमुखी क्याम्पस ११, शङ्करदेव क्याम्पसमा १२, त्रिचन्द्र बहुमुखी क्याम्पसमा २४, आरआर क्याम्पस १७, नेपाल कमर्स क्याम्पसमा १६ र अमृत साइन्स क्याम्पसमा १४ विद्यार्थी  सङ्गठन दर्ता भएका छन्। 

स्ववियु निर्वाचनमा सत्तारुढ गठबन्धन निकटका विद्यार्थी सङ्गठनले सहकार्य गर्ने भएका छन्। नेपाल विद्यार्थी सङ्घ, अनेरास्ववियु (क्रान्तिकारी), अनेरास्ववियू, समाजवादी विद्यार्थी युनियन लगायतका सत्तारुढ गठबन्धन दलका भातृसङ्गठनबीच सहकार्य गरेर जाने सहमति भएको छ। स्ववियु निर्वाचनका लागि विद्यार्थी सङ्गठनले भने छुट्टाछुट्टै सङ्गठनको नाम दर्ता गराएका छन्। 

आगामी चैत ५ गते देशभरिका त्रिविका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा हुँदैछ। कार्यतालिका अनुसार फागुन २१ गते मतदाता सूची प्रकाशन, फागुन २७ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म समानुपातिक तथा प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता गरिनेछ। 

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading