राष्ट्रपति चुनाव : जोखना हेर्दै रवि लामिछाने

राष्ट्रपति चुनाव : जोखना हेर्दै रवि लामिछाने

काठमाडौं : देशको नयाँ राष्ट्रपति चयनका लागि अहिले मतदान भइरहेको छ। सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बिहान १० बजेदेखि सुरु भएको मतदान दिउँसो ३ बजेसम्म चल्नेछ।

३ बजेसम्म लाइनमा बसेका निर्वाचक मण्डलका सदस्यले मत खसाल्न पाउने निर्वाचन आयोगले जनाएको छ। प्रतिनिधिसभामा उपसभामुख सहित १९ सांसद रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले भने अहिलेसम्म राष्ट्रपति चुनावमा मतदान गर्ने उम्मेदवारबारे निर्णय गरेको छैन।

सभापति रवि लामिछाने अझै जोखना हेरिरहेका छन्। अहिले बसिरहेको बैठकले राष्ट्रपतिमा आठ दलीय गठबन्धनका रामचन्द्र पौडेल र एमालेका सुवासचन्द्र नेम्वाङ मध्ये कसलाई मत दिने निर्णय गर्ने रास्वपा संसदीय दलका नेता डोलप्रसाद अर्यालले जानकारी दिए।

उनले दिउँसो ३ बजेसम्म मतदान गर्ने समय रहेकाले अहिले पार्टी छलफलमै रहेको बताए। ‘हामी छलफलमै छौ,’उनले भने,‘१२ बजेसम्म निर्णय आइसक्छ।’ उनले मतदानमा सहभागी हुने बताए। ‘मतदान ३ बजेसम्म छ,’संसदीय दलका नेता अर्यालले पहिचानसँग भने,‘मतदान नगर्ने भन्ने छैन, कसलाई मत दिने भन्ने मात्रै निर्णय गर्दै छौ।’

राष्ट्रपति चयन र प्रचण्ड पक्राउ पर्ने मुद्दाको पेशी एकै दिन

राष्ट्रपति चयनको लागि मतदान सकिए लगत्तै मतगणना सुरु गर्ने आयोगले जनाएको छ। बेलुकी ७ बजे भित्रै नतिजा सार्वजनिक गर्ने तयारी आयोगले गरेको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले भने मतदान बहिष्कार गरेको छ। राप्रपाका मत दिन काठमाडौं आएका निर्वाचक मण्डलका सदस्य पार्टी निर्णय भन्दै भोट नखसाली फर्किँदै छन्।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading