स्ववियु चुनावले नेविसंघमा भाँडभैलो, निर्वाचन समितिले दियो राजीनामा

स्ववियु चुनावले नेविसंघमा भाँडभैलो, निर्वाचन समितिले दियो राजीनामा

काठमाडौं : पाटन संयुक्त क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन समितिले राजीनामा दिएको छ। पाटन संयुक्त क्याम्पसका स्ववियु निर्वाचन समिति तथा निर्वाचन अधिकृत डा. गोकर्ण ज्ञवालीले राजीनामा दिएका हुन्।

‘स्ववियु निर्वाचन समितिले आफ्नो जिम्मेवारी निर्वाह गर्दा गर्दै पनि आगामी थप कार्यक्रम सम्पन्न गर्न विविध खालको असहजता महसुस भएकोले हामी स्ववियु निर्वाचन समितिको तर्फबाट सामूहिक राजीनामा गर्दछौ,’पाटन क्याम्पसका प्रमुखलाई बुझाइएको पत्रमा लेखिएको छ।

पाटन क्याम्पसमा नेविसंघको तर्फबाट सुशील विष्टले शनिवार साढे १ बजे उम्मेदवारी दर्ता गरेका थिए। नेविसंघका अध्यक्ष डुजाङ शेर्पाले उम्मेदवारी दर्ता गर्न दिएको पत्र उनले ११ बजे नै लिएका थिए। विष्टको उम्मेदवारी दर्तापछि निर्वाचन कार्यालयमा तोडफोड भयो।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले टिको लगाइदिएका नेविसंघका अध्यक्ष शेर्पाले निर्वाचन कार्यालयमा तोडफोड एवं विवाद भएको भन्दै उम्मेदवारी दर्ता गर्ने समयसम्म एउटै क्याम्पसमा तीन जनासम्मलाई टिकट वितरण गरे।

शेर्पाको पत्रकै कारण पुलचोक, थापाथली, पाटन, पब्लिक यूथ लगायत क्याम्पसमा नेविसंघकै गुटहरूबिच विवाद भएको छ। विवाद समाधान गर्नु पर्ने नेतृत्वमा रहेको शेर्पाले एकतर्फी निर्णय गर्दा स्ववियु चुनाव नै अन्योलमा परेको विद्यार्थी नेताहरूले बताएका छन्।

चैत ५ गतेका लागि घोषणा भएको स्ववियु चुनावमा १९ विद्यार्थी सङ्गठनले उम्मेदवारी दर्ता गरेका छन्। विवाद भने नेविसंघ भित्र बढी देखिएको छ। नेविसंघ केन्द्रीय अध्यक्ष शेर्पाको निर्देशनमा क्याम्पसमा तोडफोड एवं आगजनीको प्रयास समेत भएको शेर्पासँग असन्तुष्ट पक्षले आरोप लगाएको छ।

सभापति देउवाले नियुक्त गरेका नेविसंघ अध्यक्ष शेर्पा पार्टीका केन्द्रीय पदाधिकारीसँग सल्लाह समेत नगरी एकतर्फी मनोमानी तरिकाले चल्दा विवाद छताछुल्ल भएको छ। नेविसंघभित्रकै विवादका कारण पाटन क्याम्पसमा स्ववियु निर्वाचन समितिले सामूहिक राजीनामा दिएको छ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading