अर्थतन्त्र चलायमान बनाउन हारगुहार, सजग बन्न राष्ट्र बैङ्कको आग्रह

अर्थतन्त्र चलायमान बनाउन हारगुहार, सजग बन्न राष्ट्र बैङ्कको आग्रह

काठमाडौं : कोरोना भाइरसको आतङ्कले थला परेको देशको अर्थतन्त्र चलायमान बन्न सङ्घर्ष गरिरहेको छ। कोरोना सङ्क्रमण कम हुँदै गए पनि त्रास अझै कायम रहँदा देशको अर्थतन्त्र चलायमान बन्न सकेको छैन।

अर्थतन्त्र कमजोर बन्दा ठुलादेखि साना ऋृणीहरु सडकमा उत्रिएका छन्। बैङ्क तथा वित्तीय संस्थाले ब्याजदरमा गरेको मनोपलीको विरोधमा ऋणीहरू काठमाडौँको माइतीघरमा भेला भएर सरकारविरुद्ध नारा लगाउन थालेका छन्।

अराजक शैलीमा व्यवसायी दुर्गा प्रसाईँले ऋण मिनाहाको नारा घन्काइरहेका छन्। मिटरब्याज पीडित महिला काठमाडौं आएर लघुवित्तको ज्यादतीविरुद्ध नारा लगाइरहेका छन्। दिउँसो माइतीघरमा नारा लगाएर घाटी सुकाएका लघुवित्त पीडित महिलाहरू बास बस्न गौशालाको धर्मशाला पुग्ने गरेका छन्। लघुवित्त पीडित मध्येकी एक सिराहाकी महिला लघुवित्तको मिटर ब्याज विरुद्ध ऐक्यबद्धता जनाउन आएको बताउँछिन्।

गरिखानेलाई भोकै पार्ने लघु वित्तका मसियाहरुले बाच्नै नसक्ने अवस्थामा पुर्‍याएपछि पीडितहरू सडकमा आएर सरकारसँग गुहार मागिरहेका छन्।

बजार चलायमान गर्न मौद्रिक औजारहरू प्रयोग गर्नुपर्ने नियामक निकाय नेपाल राष्ट्र बैङ्क निदाएर बसेको आरोप उद्योगी व्यवसायीले लगाएका छन्।

नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष अञ्जन श्रेष्ठले बजार चलायमान गराउन सरकार असफल भएको आरोप लगाए। ‘बजार चलायमान भयो भने हामी पनि चलायमान भएर अगाडि जान पाउँथ्यौ,‘यसका लागि सरकारलाई आव्हान गरिरहेका छौँ।’

बैङ्कका ऋणीले लघु वित्तबाट कर्जा लिन नपाउने

बैक तथा वित्तीय संस्थाविरुद्ध सानादेखि ठुला ऋणी कार्यालयमै पुगेर धर्ना समेत बसेका छन्। धर्ना, धरपकड र कार्यालय नै बन्द गर्ने कार्यहरू तत्काल रोकी वार्ता तथा संवादको प्रक्रियामार्फत समस्या समाधानको पहल गर्न बैङ्क तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) विज्ञप्ति निकालेर माग गरेको छ।

सिबिफिनका महानिर्देशक गोपाल तिवारीले फागुन ३० गते मकवानपुर जिल्लाको हेटौडास्थित बैङ्क तथा वित्तीय संस्थाका शाखा कार्यालयहरूमा गरेका धर्ना, धरपकड र कार्यालय नै बन्द गराउने जस्ता अव्यवहारिक गतिविधिहरू बन्द गर्न माग गरेको जानकारी दिएका छन्।

ब्याज मात्र होइन, साँवा समेत नतिर्ने धम्कीले बैङ्किङ क्षेत्र त्रसित

बैङ्क तथा वित्तीय संस्थाको ब्याजदर वृद्धि विरुद्ध आन्दोलन भइरहेपछि वाणिज्य, विकास बैङ्क तथा फाइनान्स कम्पनीले ब्याजदर घटाएका छन्। मङ्गलवार सूचना निकालेर घटेको ब्याजदर बुधवारदेखि लागु हुने जानकारी दिइएको छ।

नेपाल बैंकर्स सङ्घले चैतमा कर्जा र निक्षेपको ब्याजदर घटाउने यसअघि नै निर्णय गरेको थियो। चैत १ गतेदेखि निक्षेपमा शून्य दशमलव चार प्रतिशत र कर्जामा एक प्रतिशत प्रिमियम दर घटाउने निर्णय भएको सङ्घका अध्यक्ष सुनिल केसीले जानकारी दिएका छन्।

उद्योगी व्यवसायीहरूले पनि बैङ्क तथा वित्तीय संस्थाविरुद्ध जारी राखेको आन्दोलन फिर्ता लिएका छन्। बैङ्क तथा वित्तीय समस्या सङ्घर्ष समिति बनाएर विरोधमा रहेका व्यवसायीले मङ्गलवार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटपछि आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएको नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष दिनेश श्रेष्ठले जानकारी दिए।

अर्थतन्त्र सुधारको दिशामा

नेपाल राष्ट्र बैङ्कले भने अर्थतन्त्र सुधारको दिशामा अगाडि बढेको दाबी गरेको छ। प्रवक्ता गुणाकर भट्टले अहिले विदेशी विनिमय संचितीमा सुधार देखिएको बताए। ‘अर्थतन्त्र नेपालको मात्रै नभई संसारभर नै गाह्रो अवस्थामा छ,’भट्टले भने,‘त्यसैले कसरी हामीले अपनाउने उपायहरू दिगो हुन्छन्, अर्थतन्त्रमा भोलि कुनै समस्या नआओस् भन्ने विषयलाई अगाडि राख्न सक्छौ, प्राथमिकतामा राख्न सक्छौ,राष्ट्र बैङ्क त्यो दिशामा निरन्तर लागिरहेको छ।’

आर्थिक क्षेत्रसम्बन्धी ५७ प्रतिशत बुँदामा प्रगति शून्य

उनले विदेशी विनिमयको संचितीका कारण गत वर्ष अत्यावश्यक औषधी समेत किन्न नसक्ने चिन्ताबाट यो वर्ष निस्किएको बताए। ‘नभई नहुने औषधी समेत किन्नका लागि विदेशी विनिमय संचिती नपुग्ने अवस्थामा त जाँदैन मुलुक भन्ने जुन चिन्ता थियो,आज त्यो चिन्ताबाट निस्किएका छौँ,’उनले भने,‘हामीसँग नौ महिनाको बस्तु तथा सेवा आयात धान्न पुग्ने विदेशी विनियम संचिती उपलब्ध भएको अवस्था छ,अर्थतन्त्र क्रमिक रूपमा सुधारको दिशामा अगाडि बढिरहेको छ भन्ने पछिल्लो तथ्याङ्कहरूले देखाइरहेका छन्।’

प्रवक्ता भट्टले समय अनुकूल नीतिहरू परिमार्जन भइरहेको बताए। ‘समय अनुकूल हाम्रा नीतिहरू परिमार्जन भइरहेका छन् र भोलि अर्थतन्त्रमा अप्ठ्यारो नआओस् भन्नका लागि लिइएका नीतिहरूबाट कसैलाई अप्ठ्यारो पर्ने होइन,’उनले भने,‘बैङ्कलाई ऋणी चाहिन्छ, ऋणीलाई बैङ्क चाहिन्छ,त्यो अप्ठ्यारो नआओस् भन्ने विषयमा सबै सजग हुनुपर्छ।’

सबै क्षेत्रमा मूल्य वृद्धि, रेमिटेन्स २७ प्रतिशतले बढ्दा बस्तु निर्यातमा कमी

‘क्रान्ति भइसक्यो, सबै ध्यान अर्थतन्त्रमा लगाऊ’

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading