सार्वजनिक बिदा : नागरिकता, राहदानी, मालपोत कार्यालय बन्द नहुने

सार्वजनिक बिदा : नागरिकता, राहदानी, मालपोत कार्यालय बन्द नहुने

काठमाडौं : सरकारले आउने २०८० सालमा दुई बिदा थप गरेको छ। राजपत्रमा प्रकाशित सार्वजनिक बिदाहरूमा चालु वर्ष मात्रै कार्यान्वयनमा आएको सहित दुई बिदा थप गरिएको छ। आगामी वर्षबाट पुस २७ गतेको पृथ्वीजयन्ती र फागुन १ गते जनयुद्ध दिवसको बिदा थपिएको हो।

सरकारले विवादबिच चालु वर्ष नै पृथ्वी जयन्ती र जनयुद्ध दिवसको बिदा दिएको थियो। गृह मन्त्रालयले शनिवार बाहेक विभिन्न पर्व दिवसका अवसरमा ४३ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो।

पर्व बिदा, जात्रा बिदा, महिला कर्मचारीलाई मात्रै दिइने बिदा, शिक्षण संस्थाका लागि मात्रै हुने बिदा, दसैँ, तिहारको बिदा, दिवस बिदा, जन्म जयन्ती बिदा राजपत्रमा प्रकाशित भएको छ।

सरकारले २०८० सालमा ३५ दिन देशभर लागू हुने गरी सार्वजनिक बिदा दिएको छ। विभिन्न चाडपर्व, दिवस र जन्मजयन्ती गरी ३५ दिन बिदा दिइएको हो। ३६५ दिनमा ५२ शनिवार र ३५ दिन थप गरेर ८७ दिन बिदा हुनेछ।

सार्वजनिक बिदामा मनमौजी, परिवर्तन उल्टने प्रधानमन्त्रीको चिन्ता

सबैभन्दा लामो दसैँमा ६ दिन र तिहारमा ५ दिन बिदा दिइएको छ। देशभर महिलाहरूका लागि तिज र जितिया पर्वमा बिदा दिइएको छ।

देशभर लागू हुने बाहेक काठमाडौं उपत्यकामा गाईजात्रा, घोडेजात्रा, मत्येन्द्रनाथको भोटो देखाउने जात्रा र इन्द्रजात्रामा सार्वजनिक बिदा दिइएको छ।

देशभर पहिलो बिदा नव वर्ष २०८० वैशाख १ गते शुक्रवार परेको छ। वैशाख २२ गते शुक्रवारै राई, लिम्बु, याक्खा, सुनुवारलगायतका किराँत समुदायको उभौली पर्व चण्डी पूर्णिमा (वैशाख पूर्णिमा) मा देशभर बिदा हुनेछ। वैशाख महिनामा ५ दिन शनिवारे बिदा र दुई दिन पर्व बिदा परेको छ।

२०८० भदौ १४ गते बिहीबार पर्ने रक्षाबन्धन र भदौ २० गते बुधवार पर्ने श्रीकृष्ण जन्माष्टमीमा पनि सरकारले देशभर सार्वजनिक बिदा दिएको छ।

आउने वर्षको बडा दसैँको घटस्थापना असोज २८ गते आइतबार परेको छ। कार्तिक ४ गते शनिवारदेखि कार्तिक ९ गतेसम्म दसैँ बिदा, कार्तिक २६ गते आइतबारदेखि कार्तिक ३० गते बिहीबारसम्म बिदा दिने सूचना नेपाल राजपत्रमा प्रकाशित भएको छ।

नागरिकता, राहदानी, कन्सुलर, राजश्व सङ्कलन, सवारी अनुमतिपत्र, वैदेशिक रोजगार, मालपोत तथा नापी, खानेपानी, विद्युत्, सडक तथा ढल मर्मत सम्भार, परीक्षा, बैङ्किङ तथा बिमा सम्बन्धी कारोबार लगायतका आवश्यक सेवा प्रवाह गर्ने कार्यालय भने बिदाका दिन बन्द नहुने भएका छन्।

राजपत्रमा प्रकाशित बिदाहरू मध्ये वैशाख पूर्णिमा, रक्षाबन्धन, श्रीकृष्ण जन्माष्टमी, घटस्थापना, क्रिमसम डे, धान्य पूर्णिमा, तमू ल्होसार, माघे सङ्क्रान्ति, सोनम ल्होसार, महाशिवरात्रि, ग्लाल्पो ल्होसार, ईदको बिदामा सार्वजनिक सेवा प्रवाह हुने भनिएको छ।

बकर ईद, गाईजात्रा, मत्स्येन्द्रनाथको भोटो देखाउने जात्रा, घोडेजात्रा, गणतन्त्र दिवस, जनयुद्ध दिवस, राष्ट्रिय प्रजातन्त्र दिवस, अन्तर्राष्ट्रिय महिला दिवस, बुद्ध जयन्ती र पृथ्वी जयन्ती बिदाका दिनमा सार्वजनिक सेवा प्रवाहको आवश्यक प्रबन्ध मिलाउनु पर्ने भनिएको छ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading