निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

नयाँ वर्षको क्यालेन्डरमा मण्डला चित्र अङ्कित

नयाँ वर्षको क्यालेन्डरमा मण्डला चित्र अङ्कित

876
SHARES

काठमाडौँ : ग्लोबल आइएमई बैङ्क लिमिटेडले मण्डला चित्रकलालाई समावेश गरिएको नयाँ वर्ष २०८० को क्यालेन्डर सार्वजनिक गरेको छ।

नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष तथा बैङ्क सञ्चालक समितिका अध्यक्ष चन्द्रप्रसाद ढकाल, बैङ्कका सञ्चालकहरू रामबहादुर भण्डारी, मदनलाल जोशी र देवेन्द्रप्रताप शाह, प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य तथा मण्डला चित्र कलाकारद्वय भाइराजा शाक्य र ङवाङ लामाले संयुक्तरुपमा क्यालेन्डर सार्वजनिक गरेका हुन्।

हरेक वर्ष आफ्नो क्यालेन्डरमा स्थानीय कला, संस्कृति र परम्पराको प्रवर्द्धनलाई प्राथमिकता दिँदै आएको ग्लोबल आइएमई बैङ्कले जनाएको छ।

क्यालेन्डर सार्वजनिक गर्दै बैङ्कका अध्यक्ष ढकालले नयाँ क्यालेन्डरमार्फत मण्डला चित्रकला प्रवर्द्धन तथा कलाकारको सम्मानमा योगदान पुग्न सक्ने बताए।

मुलुकभित्रका मौलिक तर प्रचार हुन नसकेको संस्कृति फैलाउने अभियानमा ग्लोबल आइएमई बैङ्क स्थापनाकालदेखि नै सक्रिय रहेको उल्लेख गर्दै उनले आउँदा दिनमा पनि लोक, कला, संस्कृति र कलाकारलाई प्रवर्द्धन गर्न बैङ्क प्रतिबद्ध रहेको बताए।

चित्रकलामा दुई दशकदेखि सक्रिय कलाकारद्वय भाइराजा शाक्य र ङवाङ लामाले तयार पारेको मण्डला चित्रकलालाई क्यालेन्डरमा समाविष्ट गरिएको बैङ्कका प्रमुख कार्यकारी अधिकृत बज्राचार्यले जानकारी दिए।

नेपालको मौलिक मण्डला चित्रहरूलाई मुलुकभर क्यालेन्डरमार्फत फैलाउने तथा कलाकारको योगदानलाई सम्मान गर्ने आफूहरूको प्रयास रहेको उनले बताए।
‘छरिएर रहेका मण्डला कलाकृतिलाई एकीकृत गर्ने हाम्रो प्रयास हो’, उनले भने,‘यसबाट चित्रकला क्षेत्रलाई प्रवर्द्धन हुने र स्थानीय कलाकृति तथा संस्कृति संरक्षण हुने हाम्रो अपेक्षा छ।’

कलाकारद्वयले मण्डला चित्रकलालाई क्यालेन्डरका निमित्त छनोट गरेकोमा बैङ्कलाई धन्यवाद दिए। बैङ्क अध्यक्ष ढकालले कलाकारद्वयलाई सम्मान पनि गरे।

समाचार शेयर गर्नुहोस्
876
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.