निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

हृयाप्पी आवर्स योजना : मोबाइल डाटा प्याकदेखि टिकट खरिदसम्म क्यासब्याक

हृयाप्पी आवर्स योजना : मोबाइल डाटा प्याकदेखि टिकट खरिदसम्म क्यासब्याक

546
SHARES

काठमाडौँ : ग्लोबल आइएमई बैङ्क लिमिटेडले आफ्ना ग्राहकहरूका लागि हृयाप्पी आवर्स योजना सार्वजनिक गरेको छ। यो योजनाअन्तर्गत बैङ्कका ग्राहकहरूले ग्लोबल स्मार्ट प्लसबाट अनलाइन भुक्तानी गर्दा खरिदको २० प्रतिशतसम्म क्यासब्याक पाउने बैङ्कले जनाएको छ।

बैङ्कका अनुसार मोबाइल बैंकिङ्ग एप्लिकेशन– ग्लोबल स्मार्ट प्लसबाट तथा क्यूआरमार्फत गरिने भुक्तानी प्रक्रियालाई प्रवर्द्धन गर्नका लागि यो क्यासब्याक योजना सार्वजनिक गरेको हो।

हृयाप्पी आवर्स योजनाअन्तर्गत ग्लोबल स्मार्ट प्लसबाट अनलाइन भुक्तानी गर्दा ग्राहकहरूले क्यासब्याक पाउनेछन्। २०७९ साल चैत्र १९ देखि २०८० वैशाख १६ गतेसम्म विशेष रूपमा चल्ने योजनामा प्रति ग्राहक दिनको पहिलो भुक्तानी/कारोबार प्रति दिन एक कारोबारको मात्र क्यासब्याकका लागि योग्य हुने बैङ्कले जनाएको छ।

यो योजनाअन्तर्गत आइतबार, सोमबार र मङ्गलवार बेलुका ७ देखि १० सम्म मोबाइल डाटा चलाउन डाटा प्याक खरिद गर्दा २० प्रतिशतसम्म (अधिकतम रु. १००) क्यासब्याक पाउनेछन्।

बुधवार बेलुका ७ देखि १० सम्म हवाईजहाजको टिकट खरिद गर्दा २० प्रतिशतसम्म (अधिकतम रु. २००) क्यासब्याक पाउनेछन् भने शनिवार बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म केबलकारको टिकट खरिद गर्दा २० प्रतिशतसम्म (अधिकतम रु. २००) क्यासब्याक पाउने बैङ्कले जनाएको छ।

बैङ्कले आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैङ्कले समय–समयमा यस्ता योजनाहरू ल्याएर ग्राहकहरूलाई प्रत्यक्षरुपमा लाभान्वित गर्दै आएको जानकारी दिएको छ।

ग्लोबल आइएमई बैङ्कका ७७ जिल्लामा शाखा सञ्जाल छन्। मुलुकको लगभग सबै वित्तीय सूचकाङ्कहरूमा पहिलो बैङ्कले ३६४ शाखा कार्यालय, ३६३ एटिएम, ३२१ शाखा रहित बैंकिङ्ग सेवा, ६४ एक्सटेन्सन तथा राजश्व सङ्कलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १,१०० भन्दा बढी सेवा केन्द्रबाट ४० लाख भन्दा बढी ग्राहकहरू माझ सेवा प्रदान गरिरहेको जनाएको छ।

समाचार शेयर गर्नुहोस्
546
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.