ग्लोबल आइएमई बैङ्कको स्मार्ट टिभी जित्ने योजना सार्वजनिक

ग्लोबल आइएमई बैङ्कको स्मार्ट टिभी जित्ने योजना सार्वजनिक

574
SHARES

काठमाडौँ : ग्लोबल आइएमई बैङ्क लिमिटेडले आफ्ना ग्राहकहरूका लागि दराजबाट सामान किन्दा ५५ इन्च वेस्तेल लिड स्मार्ट टिभी जित्न सक्ने योजना सार्वजनिक गरेको छ।

यस योजनामा सहभागी हुन बैङ्कका ग्राहकहरूले भिजा डेबिट÷क्रेडिट कार्ड प्रयोग गरी दराजबाट समान खरिद गर्दा अनलाइन भुक्तानी गर्नुपर्ने बैङ्कले जनाएको छ।

बैङ्कले दराज नेपालसँग सहकार्य गरी सार्वजनिक गरेको यो योजना २०८० वैशाख ९ गतेसम्म लागू रहनेछ।

यस योजनाको अन्त्यमा, कुल सहभागीहरूमध्ये १ जना भाग्यशाली विजेता छनौट गरिनेछ। छनौट भएका एक भाग्यशाली विजेताले ५५ इन्च वेस्तेल स्मार्ट लिड टिभी पाउनेछन्।

यो योजनाको मुख्य उद्देश्य अनलाइन कार्ड भुक्तानीलाई प्रवर्धन गर्नु रहेको बैङ्कले जनाएको छ। ग्लोबल आइएमई बैङ्कले मुलुकका ७७ वटै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैङ्क भएको दाबी गरेको छ।

मुलुकको लगभग सबै वित्तीय सूचकाङ्कहरूमा पहिलो बैङ्कले ३६४ शाखा कार्यालय, ३६३ एटिएम, ३२१ शाखा रहित बैंकिङ्ग सेवा, ६४ एक्सटेन्सन तथा राजश्व सङ्कलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १,१०० भन्दा बढी सेवा केन्द्रबाट ४० लाख भन्दा बढी ग्राहकहरू माझ सेवा प्रदान गरिरहेको छ।

समाचार शेयर गर्नुहोस्
574
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.