निर्वाचन आचारसंहिता : उल्लङ्घन गरेको पाइए उजुरी दिनु

निर्वाचन आचारसंहिता : उल्लङ्घन गरेको पाइए उजुरी दिनु

काठमाडौं : निर्वाचन आयोगले बारा, तनहुँ र चितवन जिल्लामा प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन प्रयोजनका लागि जारी भएको निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयन गर्न/गराउन निर्देशन दिएको छ।

आयोगको केन्द्रीय आचारसंहिता अनुगमन समितिको बिहीबार बसेको बैठकले नेपाल सरकार गृह मन्त्रालयमार्फत सम्बन्धित जिल्ला प्रशासन कार्यालय तथा जिल्ला प्रहरी कार्यालयलाई निर्देशन दिने निर्णय गरेको आयोगले जनाएको छ।

आचारसंहिताको प्रभावकारी कार्यान्वयन गर्न/गराउनको लागि आवश्यक व्यवस्था मिलाउन बारा, तनहुँ र चितवन जिल्लाका जिल्ला आचारसंहिता अनुगमन समितिलाई निर्देशन दिने निर्णय भएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए।

उम्मेदवारले तोकिएको खर्च गरे नगरेको समेतका विषयमा सूक्ष्म निगरानी गरी सोको रिपोर्टिङ आवश्यकता अनुसार लिखित एवं मौखिक रूपमा आयोगलाई गराउन मुख्य निर्वाचन अधिकृतको कार्यालय, सम्बन्धित जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, राष्ट्रिय अनुसन्धान विभागको जिल्लास्थित कार्यालय र जिल्ला निर्वाचन कार्यालयलाई निर्देशन दिने निर्णय पनि गरेको छ।

उपनिर्वाचनमा उम्मेदवारको खर्च : चितवन र बारामा २९, तनहुँमा ३१ लाख

समितिले निर्वाचन आचारसंहिता, २०७९ उल्लङ्घन गरेको पाइएमा उजुरी दिन चाहने व्यक्तिले लिखित, मौखिक, सामाजिक सञ्जाल, विद्युतीय माध्यमबाट आधार र कारण खुलाई सोसम्बन्धी प्रमाण समेत संलग्न गरी उजुरी दिन आव्हान गरेको छ।

बैठकले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र विश्वसनीय रूपमा सम्पन्न गर्न सामाजिक सञ्जालको उपयोगको विषयमा विशेष सतर्कता अपनाउन भनेको छ। निर्वाचनलाई प्रभाव पार्ने गरी गलत, भ्रामक र द्वेषपूर्ण सूचना प्रवाह नगर्न आयोगले आग्रह गरेको छ।

कसैको चरित्र हत्या हुने, व्यक्तिगत लाञ्छना लगाउने, मानहानि हुने वा यस्तै किसिमका सामग्री उत्पादन, प्रकाशन र प्रसारण नगर्न/नगराउन तथा यस्ता सामग्रीमा शेयर, लाइक वा कमेन्ट गर्ने जस्ता कार्य समेत नगर्न/नगराउन स्वदेश तथा विदेशमा रहेका सबै सामाजिक सञ्जाल प्रयोगकर्ताहरूलाई समेत आव्हान गर्ने निर्णय गरेको आयोगका सहायक प्रवक्ता अर्यालले जानकारी दिए।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading