सचेतनामूलक कार्यक्रम : आफूमाथि हुने हिंसाको तत्काल प्रतिवाद गर्नु

सचेतनामूलक कार्यक्रम : आफूमाथि हुने हिंसाको तत्काल प्रतिवाद गर्नु

रुपन्देही : बुटवल उप–महानगरपालिकाका वातावरण तथा अनुगमन महाशाखा प्रमुख तुलसा अर्यालले आफूमाथि हुने हिंसाको तत्काल प्रतिवाद गर्न आग्रह गरेकी छन्। अर्यालले कुनै पनि व्यक्तिबाट हिंसा भइरहेको भन्ने सूचना प्राप्त हुँदा साथ त्यसको तत्काल प्रतिवाद गर्न आग्रह गरेकी हुन्।

अपाङ्गता महिला सङ्घ रुपन्देहीले बुटवलमा गरेको कार्यक्रममा अपाङ्गता भएकै कारण विभिन्न हिंसाबाट प्रभावित हुनुपर्ने अवस्थाको अन्त्यका लागि समयमा नै सचेतना आवश्यक रहेको उनले बताइन।

अपाङ्गता भएका व्यक्ति तथा लक्षित समुदायको व्यक्तिहरूको व्यवसायीक सीप विकास आवश्यक रहेको भन्दै अर्यालले सीप प्रदान गरेपछि दैनिक जीविकोपार्जनका लागि विभिन्न काम गर्न सक्ने गरी सीपको वर्गीकरण गरी तालिम प्रदान गर्न आवश्यक रहेको बताइन।

नगरपालिकाको सामाजिक विकास तथा पञ्जीकरण शाखा प्रमुख सङ्गीता अर्यालले बुटवल उपमहानगरपालिकाले प्रत्येक महिनाको अन्तिम साता अपाङ्गता परिचय पत्र प्रदान गर्दै आएको जानकारी दिइन।

परिचय पत्र अपाङ्गता भएका व्यक्तिहरूको अधिकार भएको भन्दै कुनै पनि स्थानमा अपाङ्गता भएका व्यक्तिहरू रहेको भए वडा तहबाट अपाङ्गता परिचय पत्र प्राप्तिको लागि निवेदन दिएर नगरपालिका मार्फत परिचय पत्र प्राप्त गर्नु उनले आग्रह गरिन।

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका अधिकारकर्मी विनोद बिसीले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदाय भित्र अपाङ्गता भएका व्यक्तिहरू भए पनि सरकार र अपाङ्गता भएका व्यक्तिहरूको हक हितका लागी काम गर्ने सङ्घ संस्थाहरूको ध्यान नपुगेको गुनासो गरे। ‘यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदाय त्यसै माथि अपाङ्गता भएको व्यक्ति उहाँहरूलाई कति पीडा होला सोच्न जरुरी छ’उनले भने।

महिला हिंसा, लैङ्गिक तथा यौनिकता र अपाङ्गता अधिकार सम्बन्धी सचेतनामूलक कार्यक्रमका सहभागीहरूले अधिकार प्राप्तिको अभियानमा एक जुट भएर लाग्नुपर्ने बताएका थिए।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading