आम्दानी बढाउन बाख्रा सहयोग

आम्दानी बढाउन बाख्रा सहयोग

कालिकोट : रास्कोट नगरपालिकाका ३ जना एकल महिलाले बाख्रा सहयोग पाएका छन्। प्लान इन्टरनेश्नल नेपालको आर्थिक सहयोगमा सामाजिक जागरण तथा विकास प्रतिष्ठान सादा नेपालले विपन्न परिवारका एकल महिला ३ जनालाई बाख्रा सहयोग गरेको हो।

सादा नेपालद्वारा सञ्चालित बाल प्रत्याभूत सञ्चार व्यवस्थापन कार्यक्रम अन्तर्गत विपन्न समुदायको जिविको पार्जन सुधारका लागी भन्दै एस.सी. बालबालिकाका ३ जना अभिभावकलाई रास्कोट नगरपालिका वडा नं ५ का कार्यवाहक अध्यक्ष रत्नमान रोकायले बाख्रा सहयोग हस्तान्तरण गरे।

कमला सुनार, कौषरा बुढा उत्ता कुमाललाई २ बाख्रा २ पाठा जनप्रतिनिधिको रोहबरमा हस्तान्तरण गरिएको हो।

सहयोग हस्तान्तरण कार्यक्रममा जनप्रतिनिधिले सहयोग प्राप्त गर्ने व्यक्तिहरूलाई इमान्दारीता र लगनशीलताका आधारमा व्यवसायमा लाग्न आग्रह गरेका छन्। यो सहयोगले आफ्नो परिवारको जीवनशैलीमा सुधार ल्याउने गरेर आफ्नो व्यवसायलाई फस्टाउन उनीहरूले आग्रह गरे।

स्पोन्सरसिप बालबालिका भित्रकै सबैभन्दा कमजोर अवस्था भएका परिवारहरूको आय आर्जनमा वृद्धि ल्याउन सादा नेपालले बाख्रा सहयोग गर्ने गरेको सादा नेपालका स्पोन्सरसिप अफिसर पदम बहादुर विष्टले बताए।

सरकारसँग कालिकोटको माग : भ्रष्टाचार नहोस्, कष्ट भोग्यौँ

यस्तै कालिकोटको नरहरिनाथ गाउँ पालिकाका २ जनालाई प्लान इन्टरनेश्नल नेपालको आर्थिक सहयोगमा सामाजिक जागरण तथा विकास प्रतिष्ठान सादा नेपालले बाख्रा सहयोग गरेको छ। सादा नेपाल द्वारा सञ्चालित बाल प्रत्याभूत सञ्चार व्यवस्थापन कार्यक्रम अन्तर्गत विपन्न समुदायको जिविको पार्जन सुधारका लागी भन्दै एस.सी बालबालिकाका २ जना अभिभावकलाई बाख्रा सहयोग हस्तान्तरण गरिएको हो।

नरहरिनाथ वडा नं २ कि पान्सरा दमाईलाई ३ बाख्रा, वडा नं ८ की प्रिङका विष्ट लाई ३ बाख्रा जनप्रतिनिधि कटक बहादुर बुढाले हस्तान्तरण गरेका विष्टले जानकारी दिए।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.