राष्ट्रपति पौडेलको पहिलो विदेश भ्रमण तय, बेलायत जाने निश्चित

राष्ट्रपति पौडेलको पहिलो विदेश भ्रमण तय, बेलायत जाने निश्चित

910
SHARES

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलको पहिलो विदेश भ्रमण बेलायतबाट सुरु हुने भएको छ। राष्ट्रपति पौडेल बेलायती राजा चार्ल्स तृतीयको राज्याभिषेक समारोहमा सहभागी हुन बेलायत जान लागेका हुन्।

राज्याभिषेक आगामी मे ६ तारिख वैशाख २३ गते हुँदै छ। राष्ट्रपति पौडेल बेलायती राजाको राज्याभिषेकमा सहभागी हुने तय भएको राष्ट्रपति पौडेलको निजी सचिवालयले जनाएको छ।

राष्ट्रपति पौडेले बेलायत जाने मिति भने तय छैन। ‘उहाँ जाने निश्चित भएको हो,’पौडेलको निजी सचिवालयले पहिचानसँग भन्यो,‘भ्रमण अवधि र जाने मिति भने टुङ्गो लागेको छैन।’

राज्याभिषेक समारोह तीन दिनसम्म मनाइने बेलायती सञ्चार माध्यमले जनाएका छन्। गत सेप्टेम्बरमा महारानी एलिजावेथ द्वितीयको निधन भएपछि राजसिंहासन सम्हालेका राजा चार्ल्सको राज्याभिषेकको निमन्त्रणापत्रमा ‘क्विन कन्सोर्ट’ पदवी पाएकी क्यामिलालाई रानीको दर्जा दिइएको छ। उनले पनि सोही समारोहमा रानी मेरीको मुकुट लगाउनेछिन्।

राज्याभिषेक समारोहमा सशरीर उपस्थित भएर हेर्न संसारभरका देशबाट राजनेता, राष्ट्र तथा सरकार प्रमुख, राजारानी एवं राजपरिवारका सदस्य, विश्वका विभिन्न देशका प्रतिष्ठित व्यक्ति उपस्थित हुनेछन्।

वकिङघम राजप्रासादले सार्वजनिक गरेको निमन्त्रणासम्बन्धी एक विवरणअनुसार राज्याभिषेक समारोहमा दुई हजार पाहुनालाई निमन्त्रणा पठाएको छ।

समाचार शेयर गर्नुहोस्
910
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.