रवि गृह नपाए सरकारमा नजाने, नारायणकाजी छोड्न नमान्ने

रवि गृह नपाए सरकारमा नजाने, नारायणकाजी छोड्न नमान्ने

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड गृह मन्त्रालय दिन तयार भए राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारमा जाने सङ्केत गरेको छ।

प्रधानमन्त्री प्रचण्डले सरकारमा सहभागी हुन आग्रह गरे पनि रास्वपाले गृह मन्त्रालय पाउनु पर्ने अडान राखेको बालुवाटार स्रोतले बताएको छ।

गृह मन्त्रालयको नेतृत्व पाए रवि लामिछानेले सरकारमा जाने बताउँदै आएका छन्। आइतबार प्रधानमन्त्री प्रचण्डसँगको भेटमा पनि सभापति लामिछानेले पहिलेका मन्त्रालय र न्यूनतम साझा कार्यक्रमबाट हटाइएका एजेन्डाबारे चासो राखेर कुरा गरेका छन्।

नारायणकाजी श्रेष्ठ गृह छोड्न तयार नभएपछि प्रधानमन्त्री प्रचण्डलाई सकस परेको छ। नारायणकाजीलाई हटाए पार्टीमा अप्ठेरो, रविलाई नमनाए सरकार ढल्ने स्थिति आए पछि प्रधानमन्त्री प्रचण्ड दोहोरो चपेटामा परेका छन्।

प्रधानमन्त्री प्रचण्डलाई थप मन्त्री नपठाएर काँग्रेसको इतरसमूहले असहयोग गरेका बेला जसपा अध्यक्ष उपेन्द्र यादवलाई कुन मन्त्रालय दिने भन्ने टुङ्गो लागेको छैन। जसका कारण मन्त्रीपरिषद्लाई पूर्णता दिन विलम्ब भइरहेको छ।

रास्वपा भने सरकारमा जाने वा नजाने भन्नेबारेमा निर्णय लिने अन्तिम तयारीमा जुटेको छ। चितवन २ बाट पुन निर्वाचित भएर आएसँगै सभापति लामिछानेले सरकारमा सहभागी हुने नहुने निर्णय गर्न पार्टी भित्र र बाहिर छलफल तीव्र बनाएका छन्।

सोमबार बस्ने रास्वपाको केन्द्रीय कार्यसमिति र संसदीय दलको बैठकले आवश्यक निर्णय लिने प्रवक्ता मुकुल ढकालले जानकारी दिए। लामिछानेलाई संसदीय दलको नेता चुन्ने तयारी पनि गरिएको रास्वपाले जनाएको छ।

रास्वपाले सोमबार बिहान ११ बजे केन्द्रीय समितिको बैठक र दिउँसो ३ बजे संसदीय दलको बैठक बोलाएको छ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading